वीरगन्ज हेल्थ केयर अस्पतालका सन्चालक डाक्टर अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुदै

संविधान दिवसका अवसरमा वीरगन्ज हेल्थ केयर अस्पतालका अध्यक्ष एंव सन्चालक डाक्टर अबुल हैयस अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित हुने भएका छन् ।

संविधान दिवसकाे अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार डाक्टर अन्सारी सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी हुन् ।

भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैगरि नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिइने भएको छ ।यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित हुने भएका छन् ।

सेवाहरु:-

१.बिरगंज हेल्थ केयर अस्पताल १२ बर्ष देखी १०० सैया विशेषज्ञ अस्पताल संचालन गरि बिरगंज क्षेत्रको स्वास्थ्य सम्बन्धि अधिकांश समस्या सामाधान गरेको छ।

२. बिरगंज हेल्थ केयर अस्पताल कोरोनाको कठिन अवधिमा पुरै मधेस प्रदेशको लागि रेफ़्रिङ्ग सेन्टर को रुपमा नेपाल सरकार आस्थायी कोभिड अस्पताल संचालन गरेको।

३. यस क्षेत्रका १७९ जना असहाय बिपन बिरामीहरुको ३१३२ पटक फ्री डायलिसिस सेवा आफ्नो अस्पताल मा प्रदान गरेको छ।

४. यस क्षेत्रका गरिब तथा बिपन नागरिक लाई यस अस्पतालमा सल्यक्रिया (LACS) मार्फत ७८७ जना र सामान्य प्रसुति (Normal Delivery) मार्फत ५५४ जना लाई फ्रि प्रसुति सेवा प्रदान गरिएको छ।

५. यस अस्पतालमा ३९ जना बिपन गरिब नागरिकलाई मुटु , हेड इन्जुरी, तथा स्पाइनल इन्जुरी, बिरामीलाई सेवा प्रदान गरिएको छ।

६. आफ्नै पहलमा ४९ जना बिरामीलाई ईमरजेन्सी हेली रेस्क्यु गरि काठमाण्डौ को बिभिन्न अस्पतालमा पुरयाईएको छ।

७. यस अस्पतालमा नेपाल सरकारको फ्री खोप सेवा अन्तर्गत १५८७६ जान नियमित खोप र ५९२१ जना लाई covid खोप दिईएको छ।

८. यस अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालन गरि यस क्षेत्रको अधिकांश स्वास्थ्य सम्बन्धि समस्या सामाधान भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close