रेस्लर मुना श्रेष्ठलाई फेसियल हाउसको सम्मान

रेस्लर मुना श्रेष्ठलाई फेसियल हाउसको सम्मान

भारतलाई हराउदै रेस्लिङ मा कृतिमान कायम गरेकी नेपाली चेली मुना श्रेष्ठलाई फेसियल हाउस नेपालले सम्मान गरेको छ ।
श्रेष्ठलाई मंगलबार एक कार्यक्रमका बिच फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले  सम्मान गरेकी हुन। नेेेपाली चेलीहरु केहीभन्दा कम छैनन् र महिला दिदीबहिनीको सम्मान गर्न कसैले पनि कञ्जुस्याई गर्न नहुने भन्दै प्रबन्ध निर्देशक महरा प्रवन्ध निर्देशक महराले मुनाले देशदेखि विदेशसम्म नेपालको नाम राखेकोले उनको सम्मान गर्न पाउँदा फेसियल हाउसलाई गर्व लागेको बताइन् ।

नेपाली चेली मुना श्रेष्ठले “पावरफुल वमन च्याम्पियनसिप अवार्ड” हात पारेकी थिईन् । अल्टिमेत रेस्लिङ ईन्टरटेन्मेन्ट प्राईभेट लिमिटेडको आयोजनामा फागुन २२ गते काठमाडौंको दसरथ रंगशालामा भएको इन्डिया र नेपालको कुस्ती प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै मुनाले बिजयी हासिल गरेकी हुन् ।  फेसियल हाउसबाट सम्मानित भएपश्चात रेस्लर मुनाले अब देशभर खेलाडी जन्माउने अभियानमा लाग्ने बताईन् । उनले फेसियल हाउसबाट आफुले यस किसिमको सम्मान पाउँदा अझै हौसला जागेको बताईन् ।

फेसियल हाउस (ब्युटि सैलुन) व्यवसायलाई देशका विभिन्न भागसम्म पु¥याई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौंलाई रोजागारी प्रदान गर्दै देशको विकासमा योगदान पु¥याउँदै आएको छ ।
फेसियल हाउसले सौन्दर्य ब्यवसायी महिलाहरु धेरै रहेको अवस्थामा पुरुषहरुलाई समेत रोजागारीको अवसर सिर्जना गरेको छ । फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले फेसियल हाउसको आउटलेट काठमाडौं र बाहिर गरि ६ स्थानमा विस्तार भइसकेको जानकारी दिईन् ।

सेवाका साथै सस्तो मूल्यमा कस्मेटिक सामान उपलब्ध गराउन महरा ब्युटी सप समेत स्थापना गरिएको उनको भनाई छ । फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले सेवासँगै युवाहरुमा सीप हस्तान्तरणलाई पनि जोड दिँदै आएकी छिन् । फेसियल हाउसले अन्तर्राष्ट्रिय स्तरको फेसियल हाउस ब्युटि एकडेमी समेत सञ्चालन गरिसकेको छ l

सुन्धारास्थित सिटिसी मलमा सञ्चालित उक्त सम्भवतः नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरका एकेडेमी हो । महराका अनुसार फेसियल हाउस ब्युटि एकेडेमीबाट ज्ञानसीप हासिल गरेकाहरुले नेपालको साथै युरोप तथा अमेरिकामा समेत रोजगारी प्राप्त गरिरहेका छन् । उनी भन्छिन्, ‘त्यहाँ ब्युटिसियनको महत्व नर्सको जत्तिकै हुने भएकाले अन्तर्राष्ट्रिय स्तरकै शिक्षा हामीले दिइरहेका छौं ।’

त्यसैगरि काठमाडौं मलमा सञ्चालन गरिएको फेसियल हाउसमा अन्र्तराष्ट्रियस्तरकै सौन्दर्य सेवा दिईरहेको छ । फेसियल हाउसको जस्तै नाममा थुप्रै देखावटी पार्लर खुलेकाले नझुक्किन पनि सौन्दर्यपारखीहरुलाई उनले आग्रह गरेकी छन् ।realpati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close