प्रदेश नं २ आन्तरिक मामिला तथा संचार मन्त्रालयले बुधबार केहि अनलाइन न्युज पोर्टलहरुमा आएको समाचारको विषयमा मन्त्रालयको निजि सचिवालयले प्रेस विज्ञप्ती निकालदै ध्यानाकर्षण गराएको छ

वीरगञ्ज १० भदौ । प्रदेश नं २ आन्तरिक मामिला तथा संचार मन्त्रालयले बुधबार केहि अनलाइन न्युज पोर्टलहरुमा आएको समाचारको विषयमा मन्त्रालयको निजि सचिवालयले प्रेस विज्ञप्ती निकालदै ध्यानाकर्षण भएको छ । जिम्मेवारी सम्हालेको छोटो समयमा उल्लेख्य गर्दै कामकारवाहीहरु सम्पादन गर्दै आएको अवस्थामा प्रेषित त्यस किसिमका समाचारहरुले मन्त्रालय र सम्बन्धित मन्त्रि ज्युको प्रतिष्ष्ठामा आँच पुगेको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

समाचारहरुमा उल्लेख भएवमोजिम मन्त्रालयले विलासिताको लागि नभई मन्त्रालयको आवश्यकता अनुसार प्रक्रियावमोजिम सवारी साधनलगायत खरिदका लागि पहल गरेको विज्ञप्तीमार्फत जानकारी गराईएको छ । माननिय मन्त्री भरत प्रसाद शाहले ८ वटा गाडी प्रयोग गर्ने गरेको बिवरण समेत कपोकल्पित र झुटा रहेको प्रष्ट पार्दै मन्त्री ज्युले हाल टाटा कम्पनीको सफारी स्टोर्म र सुरक्षाकर्मीले एउटा पिक अप भ्यान मात्र प्रयोग गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

माननिय मन्त्रीज्युले प्रयोग गरिरहेको सवारी समेत हाल सहि अवस्था नरहेको जानकारी गराउदै अत्यावश्यक कार्यहरुको लागि हिड्दा सो गाडी बारम्बार बाटोमै बिग्रने र कार्यहरुमा बिलम्व हुँदा हैरानी खेप्नुपरेको हुँदा मन्त्रालयमार्फत सवारीको माग गरिएको र मोबाइललगायतका सामग्री खरिद गर्ने सम्बन्धमा प्रकाशित समाचारहरु शतप्रतिशत झुटा, तथ्यहिन र कपोकल्पित रहेको विज्ञप्ती मार्फत स्पष्ट गरीएको छ ।

साथै बारम्बार पत्राचार ताकेता गर्दा पनि पुर्वराज्यमन्त्रीले सवारी साधन र अन्य सामग्री फिर्ता नगरेको हुँदा मन्त्रालयको कामकारवाही पनि प्रभावित भइरहेको जानकारी गराउँदै उक्त सामग्रीहरु यथाशिघ्र बुझबुझारथ गरी लिने विज्ञप्ती मार्फत जानकारी गाईएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close