११ औ दक्षिण एशियाली अशीहरा कराते चयाम्पियनसिप २०२२ को खेलमा वीरगंजबाट सहभागी सबै खेलाडीको जित

वीरगंज , पर्सा

११ औ दक्षिण एशियाली अशीहरा कराते चयाम्पियनसिप २०२२ को खेलमा वीरगंज बाट सहभागी सबै खेलाडी को जित भएको समाचार प्राप्त भएको छ।

२२,२३जून २०२२ अशीहरा कराते दो काई-कान र अशीहरा कराते महासंघ भारतको आयोजनामा पश्चिम बंगाल अशीहरामा भएको ११ औ दक्षिण एशियाली अशीहरा कराते चयाम्पियनसिप 2022 को खेलमा parsa so kyokusin karate association birgunj 24 बाट सहभागी भएका दश खेलाड़ीहरु सबैले जीत हासिल गरी फर्केका छन।

११ औ दक्षिण एशियाली अशीहरा कराते चयाम्पियनसिप २०२२ को खेलमा जीत हासिल गर्ने खेलाड़ीहरु स्वर्ण पदकमा दलबहादुर घले, रूपेश पटेल त्यस्तै रजत पदकमा युवराज पटेल,अर्जुन पटेल,आशु गिरी,मनीष कुमार बैठा,आकाश पटेल काश्य पदकमा प्रबिन्द पटेल,दीपेश प्रसाद पटेल र उत्कृष्ठ लड़ाकूमा गगनराज रजक रहेको यस क्लबका अध्यक्ष एवम प्रशिक्षक असेसर पटेल ले जनकारी दिए।

जितेका सम्पूर्ण खेलाड़ी तथा गुरुजनलाई हिजो वीरगंज को होटेल लर्ट डियालोमा एक कार्यक्रम गरी नबिल बैंकका वीरगंज शाखा प्रबंधक नितिन नन्दवानाले टीका लगाई खाद ओढाएर सम्मान गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close