भुवनबाबु खड्काले करतुर्त छुपाउन पत्रकारलाई घुस दिने प्रयास गरेपछि

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा कार्यरत प्रहरी निरीक्षक भुवनबाबु खड्काले समाचार नलेखिदिन भन्दै पत्रकार खगेन्द्र घिमिरेलाई घुस दिने प्रयास गरेका छन् ।

अनुसन्धान अनलाइन एवम् टीभीका सम्पादक घिमिरेका अनुसार शनिवार साँझ ६ बजेतिर प्रहरी निरीक्षक खड्काले इप्रकास्थित आफ्नै कार्यकक्षमा बोलाएर दश हजार रुपैयाँको खाम दिएका थिए ।

आफुले तत्कालै सो घटना बारे इप्रकाका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललाई जानकारी गराई रकम फिर्ता दिएको पत्रकार घिमिरेले शनिवार साँझ प्रेस विज्ञप्तिमार्फत घटना सार्वजनिक गरेका छन् ।

घिमिरेले सम्पादन गर्दै आएको अनलाइनमा प्रहरीले सेटिङमा सुपारी तस्करी गरिरहेको समाचार शुक्रवार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि प्रहरी निरीक्षक खड्काले पटकपटक फोन गरी भेट्न आउन आग्रह गरेको पत्रकार घिमिरेले बताए ।

पाँच हजार एकाउन्टबाट र पाँच हजार व्यक्तिगत रुपमा भन्दै आफुलाई दश हजार रुपैयाँ भएको खाम दिएको घिमिरेको दावी छ ।

पत्रकार घिमिरेले घुस रकम डीएसपी पोखरेललाई फिर्ता दिए लगत्तै नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यलाई इप्रकामा बोलाएर घटनाको प्रत्यक्ष जानकारी दिएका थिए ।

सचिव अधिकारीले प्रहरी निरीक्षक खड्काले घुस दिएको घटना बारे इप्रकामै पुगेर थाहा पाएको र पत्रकारलाई प्रलोभनमा पार्न खोज्ने कार्य अक्षम्य भएको बताएका छन् ।

अनलाइन र युट्युव समाचार मार्फत विभिन्न भ्रष्टाचारजन्य गतिविधिको भण्डाफोर गरेर चर्चामा रहेका पत्रकार घिमिरेले घुस दिने प्रहरी अधिकृतमाथि कडा कारवाहीको माग समेत गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close