दोश्रो निर्मल गोल्डकप आजदेखि सुरु, आजको खेलमा रामनगर र काठमाडौ टोला बिच प्रतिस्पर्धा ।

पर्सा , ठोरी , कार्तिक १८ गते मंगलवार ।

ठोरी गाउँपालिका ४ निर्मलबस्तीमा आजदेखि दोश्रो निर्मल गोल्डकप सुरु भएको छ ।

शुभ दिपावली २०७७ को अवसर पारेर निर्मल युवा क्लबको आयोजनामा सुरु भएको गोल्डकपको उद्घघाटन कार्यक्रममा बोल्दै बक्ताहरुले गोल्डकपको सफलताको कामना गरेका छ्न ।

कार्यक्रममा आफ्नो भनाई राख्दै रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठले निर्मल गोल्डकपले ठोरीका सम्पुर्ण युवाहरुलाई एकजुट हुन महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।

अर्का बक्ता प्रभु हस्पिटल बिरगंजका दिलिप राज कार्कीले ठोरीका युवाहरूको यो प्रयासले ठोरीमा रहेका प्रतिभाशाली खेलाडीहरु पहिचान गर्न यो गोल्डकप महत्त्वपूर्ण रहेको बताउनु भयो ।

त्यसैगरि कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले गापा भित्रको खेलकुदको बिकासका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

निर्मल युवा क्लबका अध्यक्ष हिरा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गापा प्रमुख पदमलाल श्रेष्ठ, वडा नं. १ का वडाध्यक्ष रामप्रकाश कुवर, २ का किशोर तामाङ, ३ का सुर्य लामा, ४ का बहि बहादुर पाख्रीन, प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठ, सामाजिक अभियान्ता एवं विधार्थि नेता दिलिपराज कार्की,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, माट्रीका आइ फाउन्डेसनका महेश सिंह धामी, निर्मल बस्तीका समाजसेवी केशर बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रम पछि निर्णायक र खेलाडीहरु संग भेट गर्दै प्रमुख अतिथि तथा अतिथिहरुद्वारा खेलको उद्घघाटन गरिएको थियो ।

आज भएको रामनगर र काठमाडौ टोला बिचको पहिलो खेलमा सनराइज युवा क्लव रामनगर बिजयी भएको छ । महाबिर युवा क्लब काठमाडौ टोलालाई २-१ गोल अन्तरले पराजित गर्दै रामनगर बिजयी भएको हो । आजको खेलमा काठमान्डौ टोलाका मुकेश चौधरी मेन अफ द म्याज घोषित भएका छ्न । भोलि हुने पहिलो खेल बनशक्ती युवा क्लब ठोरी र सुवर्णपुर युवा क्लब सुवर्णपुर बीच हुने छ भने भोलीकै दोश्रो खेल अमृत युवा क्लब सुन्दरबस्ती ठोरी र महादेबपाटी युवा क्लब जीरा भवानी बीच हुने आयोजक समितिका आसकाजी गोलेले बताउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close