नगर स्तरिय क्रिकेट प्रतियोगितामा पिपरा बिजयी । प्रदेश सरकार खेल प्रती संबेदनसिल छ- मन्त्री डिम्पल झा

अजित भुजेल

बिरगंज , फागुन ०८ गते शनिबार ।

समग्र नेपाल नामक समाजिक संस्था,बहुदरमाई नगरपालिकाद्वारा आयोजित नगर स्तरिय क्रिकेट प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पिपरा टिम ५ बिकेटले बैरिया टिमलाई पराजित गरि प्रथम बिजेता भएको छ।

प्रथम बिजेता पिपरा र द्वितीय बिजेता बैरियालाई प्रदेश न. २ का भौतिक पुर्बाधार बिकास राज्य मन्त्री डा. डिम्पल झाले शिल्ड सहितको पुरस्कार बितरण गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्सन गर्ने मध्ये नरेन्द्र पटेललाई मैन अफ द म्याच र असरफ आलमलाई मैन अफ द सिरिजको पुरस्कार कार्यक्रमका बिशिस्ट अतिथी जसपाका केन्द्रिय सदस्य शिव पटेलले बितरण गरेका थिए ।

पुरस्कार बितरण समारोहलाई सम्बोधन गर्दै भौतिक पुर्बाधार बिकास राज्य मन्त्री डिम्पल झा ले युवाहरुलाई अनुशासित बनाउन प्रदेश सरकार खेल प्रति संबेदनसिल रहेको बताउदै चाडै सरकारले प्रदेश स्तरिय प्रतियोगिताको आयोजना गर्ने बताउनु भयो ।

शोभराती देवानको अध्यक्षता एवम सकृयतामा आयोजित सो प्रतियोगितामा प्रदर्शन गरेका सम्पुर्ण खेलाडीहरुलाई क्रमश जसपाका केन्द्रिय सदस्य रम्भा मिश्र, पर्साका बरिस्ठ नेता कृष्ण पटेल, सचीव श्रीराम जि गिरि,जिल्ला सदस्य निशेश यादव, नगर अध्यक्ष कृष्ण यादव, बहुदर माइ नगरपालिका-८का वडा अध्यक्ष पुनिलाल साह, नगर सदस्य सोनालाल साह, रामाधार यादब, श्रवण राउत कुर्मी,शिक्षा प्रेमी पानालाल साह लगायतले मेडल बितरण एवम शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close