खेलाडीहरुको मनोबल बढाउन निरन्तर सहयोग गर्ने छु – नेता पटेल

वीरगंज, ०३ चैत्र

आज एक कार्यक्रमका बिच जनता समाजबादी पार्टी का नेता शिव पटेल ले आज बहुदरमाई नगरपालिका का क्रिकेट खेलाडीहरु लाई पोसाक एवम् खेल सामग्री बितरण गर्नु भएको छ। नेता पटेल का बुवा स्व.रामबहादुर राउत कुर्मी को नाममा स्थापित गरिएको “रामबहादुर राउत फाउन्डेसन” मार्फत सो सामग्री बितरण गरिएको क्रिकेट टिम का कप्तान रामेश्वर पटेल ले बताउनु भयो।

सामाग्री बितरण पश्चात खेलाडीहरु लाई सम्बोधन गर्दै नेता पटेल ले बहुदरामाई नगरपालिका क्षेत्र भित्र रहेका खेलाडी हरुको मनोबल बढाउन आफू सदैब सहयोग गर्न तत्पर रहेको बताउदै खेलाडीहरु लाई सभ्य र भब्य रुपले प्रतियोगिता मा प्रदर्शन गर्न शुभकामना सहित जित हासिल गर्न आग्रह गर्नु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close