मकवानपुर जिल्लामा राष्ट्र स्तरको रंगशाला निर्माण गर्ने अावशयक रहेको अध्यक्ष सुमार्गी

हेटौंडा ४ गते बैशाख
सिपी उप्रेती
मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी मकवानपुरमा क्रिकेट मैदान आवश्यक रहेको बताएका छन्
हेटाैडामा अाज अायाेजित नयाँ वर्षको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सुमार्गी मकवानपुरमा क्रिकेट मैदान आवश्यक रहेको बताएका हुन् । उनले मकवानपुरमानै क्रिकेट मैदानको अभाव रहेकाले चाँडैनै मैदान बनाउन लागि पर्नु बताए ।

उनले मैदानको लागि उपयुक्त स्थानको सर्वेक्षण गर्न पनि मकवानपुर क्रिकेट संघलाई आग्रह गरेका छन् ।
मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संघका संस्थापक अध्यक्ष तथा व्यवसायी सुमार्गीको प्रमुख अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा मकवानपुरका सबैभन्दा कम उमेरका क्रिकेट खेलाडी करण अग्रवाललाई सम्मान गरिएको थियो । गतवर्ष बारा जिल्लाको कलैया गढीमाईमा भएको क्रिकेट प्रतियोगितामा मावि स्तरिय क्लबबाट मकवानपुरको प्रतिनिधित्व गर्दै सिनियर टिमसंग सबैभन्दा कम उमेरमा खेलेको भन्दै संघले खादा ओढाएर १० वर्षिय अग्रवाललाई सम्मान गरेको हो । यस्तै संघले कार्यक्रमका बिच मकवानपुर क्रिकेटका पुर्बकप्तान तथा क्रिकेट संघका पुर्व दिबंगत सदस्य स्वर्गीय निरज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य करण महत्रा क्षेत्री, मकवानपुर क्रिकेट संघका संस्थापक सदस्यहरु लगायत अन्य सम्बन्धित खेलाडीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close