प्रतीक दैनिकाको ३५ औं वार्षिकत्सवमा नगरप्रमुख वीजय सरावगीले केहीपत्रिकाहरुले  न्यायाधीशको भूमिका खेलेको आरोप

वीरगञ्ज १ भदौ । वीरगञ्ज स्थित प्रतिक दैनिक पत्रिकाको आज ३५ वर्ष पुरागरेकोमा आज विभिन्नकार्यक्र गर्दै वार्षिकत्सव मनाएको छ । प्रमुख अतिथि नगरप्रमुख वीजय सरावगीको अध्यक्षमा सम्पन्न कार्यक्रममा मेयर सरावगीले पत्रकारले समाचार मात्र पस्कनुपर्नेमा केहीपत्रिकाहरुले आपूmलाई न्यायाधीशको भूमिका निर्वाह गरेको आरोप लगादै उनले प्रतीक दैनिकले ३५ वर्षदेखि निर्वाह गर्दैआएको पत्रकारिताको भूमिकाको प्रशंसा गरेका थिए ।

शतप्रतिशत शुद्धता भगवानमा पनि नहुने भन्दै उनले प्रतीक दैनिकले अरु पत्रिकाको तुलना प्रशंसनीय र विश्वसनीय काम गर्दैआएको बताए । नगरप्रमुख सरावगीले पत्रकारिता विकासको लागि आपूm सदैव तयार रहेको र नगरप्रमुख कोषबाट छात्रवृत्ति प्रदान गर्नको लागि चार वर्षदेखि प्रयासरत रहेको बताए। उनले पत्रकारिताको कुनै पनि विधामा अध्ययन गर्न चाहनेलाई आपूmले छात्रवृत्ति दिने दोहो–याए। कार्यक्रममा नगरप्रमुख सरावगीले यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार फोटो दिवाकर भण्डारीलाई प्रदान गरेका थिए। पुरस्कारको राशी रु ३५ हजार छ । १० हजार राशीबाट शुरु भएको यो पुरस्कार आगामी वर्ष रु ५१ हजार राशीको हुने प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले घोषणा गरे ।

प्रतीक प्रकाशन समूह प्रालिका अध्यक्ष बिन्त्सवदुदेवी शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख शान्ति कार्की, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल फोटो पत्रकार महासंघ, पर्साका अध्यक्ष विजय चौहान, सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, भोजपुरी साहित्य प्रतिष्ठान पर्साका अध्यक्ष उमाशङ्कर द्विवेदीले शुभकामना व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close