प्रेस चौतारीबाट नेपाल पत्रकार महासघ पर्साको आसन्न निर्वाचनमा अध्यक्ष पदको उमेदवारि अनुप तिवारीको नाम घोषणा ।

मन्सुर खान बिरगंज ७ चैत

प्रेस चौतारी नेपाल पर्साको आज जिल्ला भेला सम्पन्न भएको छ । वीरगंज स्थित रोयल पार्टी पैलेसमा भएको भेलाले नेपाल पत्रकार महासंघ पर्साको आसन्न निर्वाचनमा चौतारीबाट अध्यक्ष पदमा अनुप तिवारीको नाम घोषणा गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष केसी लामिछानेले चौतारीबाट शाखा अध्यक्ष पदमा तिवारीको नाम घोषणा गरेका थिए ।

प्रेस चौतारी र नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा तथा प्रेस काउन्सिल नेपालका सदस्य एवम चौतारीका प्रदेश इन्चार्ज लालबाबु शेषको प्रमुख आतिथ्यमा भएको भेलामा पत्रकारहरु डा. बिशोम्भर शर्मा , महेश दास, गया यादव, लक्ष्मी खरेल, महेश गौत्तम, सुर्दशनराज पाण्डे, विजय कुशवाहा , अच्युत पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरि युवराज खड्का , सन्जिब मिश्र, पुस्प तिमिल्सिना , राकेश कुमार साह , सफल खतिवडा , मन्सुर खान लगायतकाको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close