नेपाल पत्रकार महासंघ प्रदेश २ को महासचिवमा मधेशका चर्चित पत्रकार ध्रुव साहको उम्मेदवारी दर्ता

बीरगंज , चैत्र १९ गते बिहीबार ।

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व उपाध्यक्ष ध्रुव साहले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को महासचिव पदमा उम्मेदवारी दिनु भएको छ । मधेश आन्दोलन र मधेशी जनताको जनजीविकाका लागि संचारमाध्यम मार्फत सशक्त रुपमा आवाज उठाउदै आफ्नो छुटै पहिचान बनाउन सफल संचारउद्यमी एवं संचारकर्मी ध्रुव साहको उम्मेदवारीले प्रदेश नम्बर २ का संचारकर्मीहरुका विच तरंग छाएको छ ।

साहको उम्मेदवारीलाई मधेशी पत्रकार समाज सहित प्रजातन्त्रवादी संचारकर्मीहरुको समर्थन रहेको छ ।

मधेश आन्दोलन ताका संचारमाध्यम मार्फत साहले खेलेको भूमिकाले प्रदेश नम्बर २ मा ठूलो चर्चा पाएको थियो । झण्डै एक दशक सम्म छापा मिडियामा रहेर श्रमजिवि पत्रकारको रुपमा कार्यरत साहले १० बर्ष यता मध्यतराईको पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज संचालन गर्नु भएको छ । साहको अनवरत रुपमा दुई दशक सम्मको पत्रकारीता यात्रामा विगत एक बर्ष देखि टिभी वीरगंज र रेडियो पोखरीया समेत थपिएका छन ।

साहको भूमिका मधेशको जनताको प्रति समर्पित छ । जनता जानेके चाहता कार्यक्रमको तराई मधेशमा छुटै पहिचान रहेको छ । आगामी चैत्र २५ गते हुने महासंघको निर्वाचनमा प्रदेश नम्बर २ को महासचिव पदमा साहको उम्मेदवारीको पक्षमा संचारकर्मीहरुको व्यापक समर्थन रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close