पर्सा महासंघको निर्वाचनमा प्रेस युनियन, प्रेस संगठन, प्रेस मञ्च र मधेशी पत्रकार समाजको संयुक्त प्यानल घोषणा

बीरगंज २१ चैत्र ।
नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि पर्सामा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मधेसी पत्रकार समाज र प्रेस मञ्च नेपालबीच संयुक्त सहकार्य गर्ने सहमति भएको छ ।

नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठन नेपालका अध्यक्ष निरज पिडाकोटे मगर, मधेशी पत्रकार समाजका अध्यक्ष मनोज कुमार मिश्र र पे्रस मञ्च पर्साका अध्यक्ष आरके पटेलद्वारा आज संयुक्त रुपमा जारी पे्रस विज्ञप्तीमा पर्सामा महासंघको निर्वाचनमा सहकार्य गरि अगाडी बढने घोषणा गरिएको छ ।

विज्ञप्तीमा प्रेस स्वतन्त्रता, लोकतन्त्रको रक्षा र पत्रकारको सुरक्षा साझा संकल्पका साथ प्रतिगमनकारीहरुको विरुद्धमा एकजुट भई पर्सेली सञ्चारकर्मीहरुको व्यावसायिक हकहित, मर्यादित पेशाको सम्वद्र्धन र सुदृढीकरणमा आफूहरु प्रतिवद्ध रहेको कुरा उल्लेख गरिएको छ । महासंघको आसन्न निर्वाचनमा अध्यक्षमा नेपाल प्रेस युनियनबाट रितेश त्रिपाठी र उपाध्यक्षमा प्रेस संगठन नेपालबाट राघव साहको नेतृत्वमा एकवद्ध भई अगाडि बढ्ने सहमति भएको कुरा संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close