रेडियो विजयनगरकी समाचार प्रमुख सोन कुमारी थारु विजयनगर गाउँपालिकाद्वारा सम्मानित

कपिलवस्तु । रेडियो विजयनगर १००.७ मेगाहर्जकी समाचार प्रमुख सोन कुमारी थारु सम्मानित भएको रेडियो विजयनगरले जनाएको छ ।

विजयनगर गाउँपालिकाको समग्र विकास निर्माणका क्रियाकलाप तथा गतिविधिको बारेमा कलम चलाई समाचार प्रकाशनमा उत्कृष्ट स्थानीय सञ्चारकर्मीको रुपमा छनोट भई थारुलाई गाउँपालिकाले सम्मान गरेको हो ।

उनलाई दोसल्ला ओढाई नगद पुरस्कारसहित सम्मान–पत्रले गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापालले सम्मान गरेका हुन् । विजयनगर गाउँपालिकाले प्रत्येक वर्ष प्रदान गरिने उत्कृष्ट व्यक्ति कार्यक्रम अन्तर्गत समाचार प्रमुख सोम कुमारी थारुलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

थारु विगत ७ वर्ष देखि विभिन्न रेडियो तथा सञ्चार माध्यममा काम गर्दै आइरहेको र कपिलवस्तु कै पहिलो रेडियो कपिलवस्तुबाट सञ्चार क्षेत्रमा प्रवेश गरेकी हुन । थारुले रेडियो भ्वाइस हुँदै अहिले रेडियो विजयनगरको समाचार प्रमुखको रुपमा कार्यरत रहदाँ विजयनगर गाउँपालिकाले उनलाई सम्मान गरेको हो ।

गाउँपालिकाको सभा हलमा आयोजित नवौँ गाउँ सभाको दोस्रो बैठकमा उत्कृष्ट कर्मचारी, सञ्चारकर्मी र समाजसेवीलाई सम्मान गरिएको हो । समाजसेवी शीतला चाई, ४ का वडा सचिव सुरेस बस्याल, स्वास्थ्यका कार्यालय सहयोगी रामेश्वर लोनिया र वडा २ का कार्यालय सहयोगी प्रवेज अहमद खाँ लाई गाउँपालिका ले सम्मानित गरेको हो ।

त्यसै गरि सहायक कार्यालय अपरेटर रवि प्रताप यादव, लेखापाल गोविन्द अधिकारी, अ.स.ई. शिव बहादुर बढईलार्ई नगदसहित पुरस्कृत तथा सम्मान गरिएको गाँउपालिका अध्यक्ष थापाले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close