नागरिकता विधयेकको विरूध्दमा नेपाली कांग्रेस द्वारा छिपहरमाईमा विरोध प्रदर्शन( भिडियो सहित )

भिस्वा १३ असार – विदेशी बुहारीलाई सात वर्ष पछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिने नयाँ विधयेकको विरोधमा छिपहरमाई गाउँपालिका मा प्रदर्शन गरिएको छ ।

नयाँ नागरिकता विधयेकले भारतीय छोरीसँग विवाह गर्दा सात वर्ष पछि वैवाहिक अंगिकृत नागरिकता दिने व्यवस्थाले मधेशी समुदायलाई दीर्घकालिन रुपमा असर पर्ने भएकाले नयाँ नागरिकता विधयेकको खारेजीको माँग गर्दै छिपहरमाई गाउँपालिकाकाे जयमंगलापुरबाट निस्केकाे बिराेध र्‍याली टिहुकी, बुडगाई, चरगाहा, मिर्जापूर ,भलुवहीया ,तुलसी बर्वा, बन्जारी हुदै गाउँपालिकाकाे परिक्रममा गर्दै भिस्वामा पुगेर काेण सभामा परिणत भएकाे थियाे ।

भिस्वामा भएकाे काेण सभामा वाेल्ने वक्ताहरुले सरकारले ल्याएकाे नागरिकता बिधेयककाे बिरुद्धमा आक्राेस पाेख्दै खारेज गर्न माग गरे । कम्युनिष्ट सरकारले ७ बर्षमा अंगकृत नागरिकता दिने बिधेयक ल्याएर देशमा द्वन्ध निमत्याउन खाेजेकाे वक्ताहरुकाे भनाई थियाे ।

झुठाे राष्ट्रबादकाे नारामा कम्युनिष्ट सरकार भ्रष्टचारमा लिप्त रहेकाे उनीहरुकाे आराेप समेत थियाे ।

नेपाली कांग्रेसको नेताले मधेशलाई केन्द्रीत गरेर यस्तो निर्णय गर्न थालिको भन्दै यसले सामाजिक साँस्कृतिक रीतिअनुसार विवाह गरेर ल्याइएकी महिलामाथि अन्याय हुने दावी गरेका छन ।

आज भएको विरोध प्रदर्शनमा नेपाली काँग्रेसका नेताहरुले केपी ओली सरकारले भारतसँग मधेशको रोटीबेटीको सम्बन्ध विगार्नलाई यो विधयेक लागू गर्न खोजेको आरोप लगाएका छन् ।

मधेशी समुदायका ६० प्रतिशत भन्दा बढी भारतसँग वैवाहिक सम्बन्ध रहदै आएको र उनीहरूको छोरीलाई विवाह गरेर ल्याउँदा सात वर्ष पछि मात्रै नागरिकता दिने कुराले भारतीय पक्षले छोरी दिन नचाहने व्यवस्थालाई निमत्याउन यो नागरिकता विधयेक लाद्न खोजिएको प्रदर्शनमा सहभागीहरुले बताए ।

 

प्रदर्शनमा सहभागी नेपाली कांग्रेसका जिल्ला सदस्य नविन सिंहकाे नेतृत्वमा भएकाे बिराेधकाे कार्यक्रममा नेपाली कांग्रेका पर्साका सचिव किशाेरी साह, गाउँपालिका संयाेजक धुरेन्द्र प्रसाद कानु, नेता गगनदेव यादव, मनिकान्त गुप्ता, सुरेन्द्र प्रसाद यादव, दिपेन्द्र कुमार सिंह लगायतकाे सहभागिता रहेकाे थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close