उपेन्द्र समूह साउन १० गते सरकारमा सहभागी हुँदै

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने गरी उपेन्द्र यादव पक्ष जनता समाजवादी पार्टी (जसपा) छलफलमा जुटेका छन् ।

सो दलले साउन १० गतेपछि मात्रै सरकारमा सहभागी हुने निर्णय गरेको छ । नेपाली काँग्रेसको गठबन्धन सरकार बनाउन सुरुदेखि नै महत्त्वपूर्ण भूमिका खेलेको जसपा यादव समूहमा कसलाई मन्त्रीमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल भइरहेको छ ।

सरकारमा कसरी सहभागी हुने, को को जाने भन्नेमा पार्टीमा छलफल चलिरहेको र १० गतेपछि मात्रै टुङ्गो लाग्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

सरकार गठनबारे छलफलका लागि आज बिहान सो पार्टीका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल छलफलमा जुटेका थिए ।

अन्तिम समयमा आएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका जसपाको ठाकुर समूहले भने सरकारमा सहभागी हुने नहुनेबारे अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close