बिन्दबासिनी गाउँपालिका–५ मा माओबादी केन्द्रको समिति गठन

असोज १८ वरिगञ्ज
पर्साको बिन्दबासिनी गाउँपालिका–५ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को समिति गठन भएको छ । विन्दवासिनी गाउँपालिका–५ मा विजय कुमार कलवारको अध्यक्षतामा ५५ सदस्यि समिति गठन गरिएको हो ।

नव गठित पार्टी समितिको उपाध्यक्षमा होदा राउत गदी गजारी साह सचिवमा नन्दलाल मुखिया लगायत ५५ जना सदस्य रहेको नेकपा माओबादी केन्द्र बिन्दबासिनी गाउँपालिका समितिले जनाएको छ ।समिति गठन समय माओबादी केन्द्र प्रदेश २ समिति सदस्य छोटेलाल यादव लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close