अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा नेकपा (एमाले) को प्रथम वार्ड अधिवेशन भब्यताका साथ सम्पन्न

कात्तिक ७ अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा नेकपा (एमाले) को प्रथम वार्ड अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।

खाँचीकोटमा नेकपा (एमाले) को प्रथम वार्ड अधिवेशन चुरा बहादुर के.सीलाई अध्यक्षमा निर्वाचित गर्दै भब्यताका साथ सम्पन्न भएको छ । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा कृष्ण भुसाल, सचिवमा कृष्ण ज्ञवाली, उपसचिवमा कमल के.सी र उपसचिवमा बिमला थापा निर्वाचित भएका छन् ।

यस्तै प्रथम वार्ड अधिवेशनका क्रममा कांग्रेस लगायत विभिन्न पार्टी परित्याग २० युवा एमालेमा प्रवेश गरेका छन् । जसमा अजय शाह, अबिषेक शाह, मिलन शाह, रोसन शाह, केसब आचार्य, माधब आचार्य, सुदन आचार्य, कृष्ण बिक, सोबित परियार लगायत रहेका छन् । प्रबेस गरेकाहरुलाई एमाले स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले टिका तथा खादा ओढाएर स्बागत गरेका थिए ।

रायमाझीले खाँचीकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनमा एमालेको बहुमत आउने बताए । उनले चुनाव हार्ने निश्चित भएपछि प्रतिक्रियावादीहरुले मोर्चाबन्दी गर्न थालेको आरोप समेत लगाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close