बिन्दबासिनी गा•पा मा आयोजित लोकतान्त्रिक समाजवादी पार्टी को कार्यक्रम मा सयौ नेता कार्यकर्ता ध्दारा पार्टी प्रवेश।

बीरगंज, पर्सा

बिन्दबासिनी गाउँपालिकाको इतिहासिक भूमि बहुअर्वा भाठा स्थित गर्दवाल मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिन्दबासिनी गाउँपालिका वार्ड नम्बर ५ का समाजसेवी एवं प्रभावशाली युवा नेता कृष्ण प्रसाद कलवार (बिजय प्रसाद कलवार जी)र उनको नेतृत्वमा त्यस वार्ड बाट सयौं नेता तथा कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरु लाइ पार्टी का वरिष्ठ नेता तथा प्रमुख अतिथि राजेन्द्र महतो ले फुलमाला अबिर लगाई पार्टी प्रवेश गराएका थिए।

कार्यक्रम को प्रमुख अतिथिको रुपमा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो को प्रमुख अतिथि मा भएको कार्यक्रममा बरिस्ठ अतिथीको रुपमा पार्टीका वरिष्ठ नेता अनिलकुमार झा प्रदेश नम्बर २(दुइ)का संसदीय दलका नेता जितेन्द्रकुमार सोनल त्यसैगरी अतिथीकोरुपमा पार्टीका केन्द्रिय सदस्य शशि कपुर मिया, राजेशमान सिंह, शिव पटेल, निजामुद्दीन समानी र पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। पार्टी प्रवेश गरेका सम्पूर्ण जन समुदायमा हार्दिक बधाई तथा सफल कार्य को शुभकामना समेत पार्टी का नेताहरु ले दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close