काङ्ग्रेस को सखुवाप्रसौनी गा•पा वार्ड नं ३को सभापति मा मोजामिल अंसारी निर्बिरोध निर्बाचित।

वीरगञ्ज , पर्सा

पर्सा जिल्लास्थित सखुवाप्रसौनी गाउँपालिकाको वडा नं. ३ मा नेपाली कांग्रेस को १४ औ वडा अधिवेशन बाौ वडा सभापतिमा मोजामिल अंसारी विजय भएका छन् ।

बिहबार सम्पन्न वडा अधिवेशनमा अंसारीलाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

सखुवाप्रसौनि गाउँपालिकाको वडा नं. ३ स्थित द गेरेट युवा कल्व को सभाहल मा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा मोजामिल अंसारीलाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत रबि सापकोटा जानकारी दिए ।

मोजामिल अंसारीको नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा सामहम्द अंसारी ओजिर मिया वडइ,सचिवमा सुरेन्द्र प्रसाद कुर्मी,खुर्सिद अंसारी सह-सचिवमा सफिअहमद अंसारी र सदस्यहरु मा जोखु अंसारी,नसरोदिन अंसारी,महमद अलि हुसेन, महेन्द्र राउत कुर्मी लगायत १५ सदस्य रहेका छन् ।

साथै सोही वडा अधिवेशन बाट क्षेत्रिय प्रतिनिधि खेमराज महतो,कुसुमवानि अंदारिन,जवाहर प्रसाद कुर्मी,गौरिशंकर दास थारु लगायत लाइ सर्बसम्मत बाट चयन गरका छन्।

वडा सभापति मोजामिल अंसारी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । मोजसमिल अंसारी लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close