माओबादी केन्द्र वीरगञ्ज महानगर वडा नम्बर ३० को प्रथम वडा सम्मेलन सम्पन्न

मँसिर ४ वीरगञ्ज
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र वीरगञ्ज महानगर पालिका वडा नम्बर ३० को प्रथम वडा सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रथम वडा सम्मेलनले ३१ सदस्यि वडा समिती पनि चयन गरेको छ ।माआबोदी केन्द्र वडा नम्बर ३० को अध्यक्षमा सर्बसहमतिले मनोज यादव चयन भएका छन ।

समितीको उपाध्यक्षमा नाजिर अहम्द अँसारी,सचिवमा जितेन्द्र मलिक सहसचिवमा उमाशँकर पटेल र कोषाध्यक्षमा ललिता देबी लगायत ३१ ज्ना सदस्यहरु चयन भएका छन ।पार्टीलाई सही तरिकाले लग्नुपर्ने कुरामा प्रथम वडा सम्मेलनलाई सम्बोधन गर्दै माओबादी केन्द्रका युवा नेता दिपेन्द्र मण्डलले जोड दिए ।

बिगतको भन्दा वडा नम्बर ३० मा माओबादी केन्द्रमा युवाहरुको आकर्षण र सहभागिता बढेको भन्दै अगामी दिनमा जनताको हितमा पार्टीले काम गर्ने जिकिर गरे ।प्रथम वडा सम्मेलनबाट चयन भएका अध्यक्ष लगायतका सम्पुर्ण पदाधिकारीहरुलाई पार्टीलाई अझै बलियो बनाउन आग्रह गर्दै मण्डलले शुभकामनासमेत दिएका थिए ।

नव गठित समितिका पदाधिकारीहरुलाई माओबादी केन्द्र वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारीले फुलमाला लगाई बधाई दिएका थिए ।रामअसरे साह तेलीको अध्यक्षतमा प्रथम वडा सम्मेलन सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close