नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ताको हार्दिक अपिल

नेपालका प्रमुख राजनीतिक एवं सामाजिक परिवर्तनहरुको सम्वाहक नेपाली काँग्रेसको जग हाम्रा आदर्श संस्थापक नेताहरु र पार्टीका आम कार्यकर्ताको रगत र पसिनाले निर्माण भएको हो ।

देशै भरी नेपालका प्रमुख राजनीतिक दलको महाधिवेशन वा सम्मेलन जारी छन् यद्यपी सांगठनिक र बैचारिक तालमेलको दृस्ठिकोणले तुलनात्मक रुपमा आफुलाई एक मात्रै पुर्ण लोकतान्त्रिक पार्टीका रुपमा स्थापित गर्न सफल नेपाली काँग्रेसको १४ औं महाधिवेशन भने आम सर्वसाधारण नेपाली जनताले निकै चासोका साथ नियालिरहेका छन् ।

एकातिर महाधिवेशनले पार्टीलाई नवीनता प्रदान गर्दछ भने अर्कोतिर महाधिवेशन सङ संगै पार्टी भित्र हुने मेल- बेमेल, सहमति -असहमति र निर्वाचन पश्चात् जित हासिल गर्ने र नगर्ने बिचको दुरिले निम्त्याउने बिचलनले पार्टीलाई कमजोर बनाउदछ ।

यसर्थ महाधिवेशनलाई स्वभाविक प्रक्रियाका रुपमा लिई महाधिवेशन पछीको सुनौलो सहयात्रालाई सम्झेर नेपाली काँग्रेसको आगामी गन्तव्यको रुपमा रहेको तिनै तहको निर्वाचनमा बिजयी हासिल गर्ने तर्फ हामि सबैको ध्यान केन्द्रित हुनु पर्दछ ।

जय नेपाल!

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close