लोसपा नेपालको लहर , पुर्व गाबिस अध्यक्ष सहित तीन सयजना लोसपामा प्रवेश

पर्सा १४ फल्गुन । बिन्दवासिनी गाउँपालिका वडा न. ४ एकाई कमिटी द्वारा आयोजित वडा स्तरीय भेला सम्पन्न भएको छ ।
भेलामा नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा पुर्व गाबिस अध्यक्ष सुरेन्द्र कलवारको नेतित्वमा करिब ३ सयले लोसपामा प्रवेश गरेका छन् ।
समाज सेवी तथा अधिवक्ता सुरेन्द्र कुर्मीको प्रमुख अतिथयमा बोल्दै पालिकाका प्रमुखका उम्मेदवार समाजसेवी प्रमोद तिवारी (बाबा) वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ लगायतले सम्बोधन गर्दै मधेसको हक/ अधिकार पहिचान र सन्तुलित बिकासको लागी लोसपामा सबैलाई गोलबन्द हुन आह्वान गरेका थिए।
कार्यक्रमको सहजीकरण जिल्ला सचीव राजनरायण मिश्रले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close