नेपाली कांग्रेसमा नातावाद,पुंजीहावी भए पछि थारुलाई उपमेयरको टिकट नदिने स्रोतको दाबी

वीरगञ्ज २३ चैत्त । बिगत लामो समय देखि समाज सेवा र जनताको सेवाबाट पछिलो स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट वीरगञ्ज महानगरपालिका वडा नं १५ को वडा सदस्यमा निर्वाचन भई महानगरपालिकाको कार्यपालिका सदस्य बन्न सफल भएकी मनोजा चौधरी थारुले हालै हुनलागेको स्थानिय तहको चुनावमा उपमेयरको लागि सम्पुर्ण त्यासरी गरे पनि पार्टीमा नातावाद, कृपावाद हावी हुदा उनलाई उपमेयरको टिकट नपाउने सम्भावना देखिएको छ।

जिल्लाका वरिष्ठ नेताहरुले आफनै नजिकका आसेपासे नातेदारलाई टिकट दिने भएको हुदा जनचाहना बिपरित टिकटबाडने खेल भएको एक नेताले बताएका छन।

पछिलो चुनावमा निर्वाचित भए संगै हालसम्म जनताको मन जितन सफल रहेकि मनोजा चौधरी थारुले दिनरात पार्टिको प्रचार प्रसार देखि जनसेवाबाट छुटै पहिचान बनाउन सफल भएकी थारुलाई उप मेयरको टिकट नदिनु द्रुभाग्य हुने पार्टिका कार्यकर्ता तथा नेताहरुले बताएका छन।

त्यसैले वर्तमान राजनीति अवस्थालाई मध्यनजर गर्दै जनताको चाहना अनुसार उप मेयरमा मनोजा चौधरी थारुलाई टिकट दिनै पर्नेमा नेताहरुको बुझाई रहेको छ।

स्थानीय नेताहरुका अनुसार मनोजा चौधरी थारुले विभिन्न समाजिक कार्यको सन्दर्भमा महानगर वासीहरुको मन् जितन सफल रहेकी छिन। र स्वच्छ , निस्पक्ष रुपले आमनागरिकमा मन मन मा ठाउँ बनाउन सफल रहेकी थारुलाई टिकट नदिई टिकटमा राजनिती गर्नु र न्या सद्स्यलाई टिकट दिनु अस्वीकार रहेको बताएका छन। द रे टाईमसबाट सभार

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close