वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा नेपाली काग्रेसले बृहत घरदैलो

वीरगंज २२ बैशाख ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ मा नेपाली काग्रेसले बृहत घरदैलो गरेको छ । वीरगंज महानगरपालिका वडा नं ३ को चौतर्फी विकासको योजना सहित नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार अनवर हुसेनले घर दैलो कार्यक्रम गरेका छन ।

भ्रष्टाचार रहित वडाको निमार्ण र सरकारी सुबिधामा सबको पहुच सहितको नारा लिएर नेपाली काग्रेस वडा नं ३ को अनवर हुसेन सहितको टोलीले जनता दर्शन गरी आफनो कुरा स्पष्ट राखेका छन ।

नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई जिताउन नेपाली काग्रेसका क्षेत्रिय सभापति मोहम्मद सहाबुदिन तथा बुथ वडा कार्यालयका सभापति शेख निजामुदिनले पनि वडाबासीसँग अपिल गरेका छन् । वडाअध्यक्षको उम्मेदवार हुसेनले पनि आफु वडामा निर्वाचित भए महिला,बालबालिका तथा वृद्धवृद्धाहरुका समस्याहरुलाई प्राथमिकताका साथ समाधान गर्ने बताए । घर दैलो तथा जनता दर्शन र्कायक्रममा वडाबासीको उल्लेखनिय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close