वीरगंज महा.न.पा वार्ड नं १० को वडाअध्यक्षमा निर्वाचित साहले शहिदको शालिकमा गरे माल्यार्पण

वीरगंज, पर्सा

वीरगंज महानगरपालिका वडा नं १० को वडा अध्यक्ष मा निर्वाचित सुशिल कुमार साह ले शहिदहरुको शालिकमा माल्यार्पण गरेका छन्।

वीरगंज महानगरपालिका को घण्टाघर स्थित बिपी उधान को जग्गा मा स्थापित गरिएका मधेस आन्दोलन का सहिदहरुको शालिकमा जन्ता समाजबादी पार्टी बाट वीरगंज महानगरपालिका वडा नं १० को वडा अध्यक्ष मा निर्वाचित सुशिल कुमार साह ले माल्यार्पण गरेका हुन‌।

निर्वाचित भएको अवसरमा वडा नं १० का वडा बासी ले निकालेको बिजयी जुलुस असोक बाटिका, घडिअर्वा, माइस्थान, घण्टाघर हुदै शहिद सम्मान पुगेर माल्यार्पण गरेका हुन।

शहिदको शालिकमा माल्यार्पण गर्दै निर्वाचित वडा अध्यक्ष सुशिल कुमार साह ले शहिदको सपनालाई साकार पार्न र वडाबासीको सेवामा तत्पर रहने प्रेरणा मिलेको प्रतिक्रिया दिए ।

निर्वाचित वडा अध्यक्ष साह ले भने ‘मलाई विश्वास गरेर वडाको बिकासको जिम्मा दिने सम्पुर्ण वडाबासीप्रति हृदयदेखि आभारी छु । अब वडाको बिकास गर्नेे जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो मेरो जीत नभएर सम्पुर्ण वडाबासीको जित भएको बताए।

बिजयी जुलुशका क्रममा शुभाशिषस्वरुप निर्वाचित वडा अध्यक्ष सुशिल कुमार साह लाई चाँदीको मुकुटसमेत एक महिला ले लगाइदिएकी छिन् ।

उक्त मुकुटले अँझै जिम्मेवारी थपिएको आभाष भएको बताउँदै सुशिलले कर्तव्यनिष्ठ भएर दायित्वबोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचित वडा अध्यक्ष सुशिल कुमार साह ले वडाबासीको घरघरमा पुगि‌आपनो अमूल्य मत दिएकोमा आभारसमेत व्यक्त गरेका छन् । अब बिकासका लागि कुनै व्यक्ति र पार्टी नहेरी सबैलाई समान ढंगले व्यावहार गर्ने समेत बताएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close