जसपा अध्यक्ष यादव भन्छन्– जिससको चुनावका लागि एमालेसंग गठबन्धन भएको छैन

जनता समाजवादी पार्टी (जसपा) पर्साले शुक्रबार हुने जिल्ला समन्वय समिति (जिसस) पर्साको निर्वाचनमा नेकपा एमालेसंग गठबन्धन नगरेको जनाएको छ ।

जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले एमालेसंग गठबन्धन नगरिएको बताएका हुन् ।तर जिससको निर्वाचनका लागि परेको उम्मेदवारहरुको दलीय समिकरण हेर्दा भने जसपा र एमालेले गठबन्धन गरेर उम्मेदवारी दिएको प्रष्ट देखिन्छ ।

जसपाबाट जिससको सभापतिमा निरन्जन कुमार सर्राफको उम्मेदवारी परेको छ । उपसभापतिमा जसपाले उम्मेदवारी नै दिएको छैन । उपसभापतिमा एमालेका पुरण कुर्मीको उम्मेदवारी परेको छ । एमालेले सभापति पदमा उम्मेदवारी दिएको छै्रन । जसपाले गठबन्धन तोडेर एमालेसंग साँठगाँठ गरेपछि नेपाली काँग्रेसले भने सभापति , उपसभापति सहित सबै पदमा एकल उम्मेदवारी दिएको छ ।

जिससको निर्वाचनका लागि परेका उम्मेदरवारहरुको राजनीतिक समिकरणले जसपा र एमालेले गठबन्धन गरेको प्रष्ट भएपनि जसपाका जिल्ला अध्यक्ष यादवले भने एमालेसंग गठबन्धन नगरिएको दाबी गरेका छन् ।बिहीबार बिहान मधेसखबरसंग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने ,‘ म जसपाको जिल्ला अध्यक्षले बोल्दै छु जसपाले एमालेसंग गठबन्धन गरेकै छैन , कुनै लिखित सहमति पनि गरेको छैन , एमालेका कोहि पनि नेतासंग जिससको चुनाव बारे कुराकानी , छलफल वा बैठक भएकै छै्रन ।

जसपा अध्यक्ष यादवले काँग्रेससंग जिससको नेतृत्वमा कुरा नमिले पछि जसपाले एक्लै जिससको सभापति सहित केहि पदमा उम्मेदवारी दिएको बताए । उनले भने ,‘ सत्तागठबन्धन दल काँग्रेससंग समझदारी बन्न नसक्दा हामीलाइ पनि अस्वभाविक लागेको छ ।

यादवले अझै पनि शुक्रबार सम्मको समय बाँकी रहेकाले काँग्रेससंगै सहकार्य कसरी गर्न सकिन्छ भनेर काँग्रेसका नेताहरुसंग आन्तरिक रुपमा छलफल र संवादको प्रयास जारी नै राखेको बताए । तर एमालेसंग भने कुनै तालमेल वा गठबन्धन भने नभएको उनले दोहोरयाए ।

जसपा अध्यक्ष यादवले शुक्रबार हुने जिससको चुनावमा एमालेका उम्मेदवारलाइ मत दिन जसपाले आफनो पार्टीका मतदातालाइ ह्वीप पनि नलगाएको प्रष्ट पारे । यादवले शुक्रबार हुने चुनावमा जसपाका मतदाताहरु , आफनो पार्टीका उम्मेदवार बाहेक अरु पदका उम्मेदवारलाइ आफनो इच्छा अनुसार मत दिन स्वतन्त्र रहेको पनि जिकिर गरे ।

यता जसपासंग गठबन्धन गरेर उम्मेदवारी दिएका एमालेका पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारुले भने एमाले र जसपा बिच समझदारी गरेर नै उम्मेदवारी दिएको जिकिर गरेका छन् ।बिहीबार बिहान मधेसखबरसंग कुरा गर्दै एमाले जिल्ला अध्यक्ष थारुले भने ,‘ जसपा र एमाले बिच समझदारी भएर नै सभापतिमा जसपाबाट र उपसभापतिमा एमालेबाट उम्मेदवारी परेको हो ।

थारुले कुल २८ मत मध्ये एमालेको १० मत र जसपाको ५ मत भएपनि गठबन्धन नगर्दा एमालेले कुनै पनि पद जित्न नसक्ने अवस्था भएपछि बाध्य भएर ५ मत मात्रै भएको जसपालाइ सभापति पद दिएर गठबन्धन गर्नु परेको बताए ।

शुक्रबार हुने जिसस पर्साको निर्वाचनमा काँग्रेसबाट जिससको सभापति पदमा सरोज चौरसीया र उपसभापति पदमा कुमारी सोनीको उम्मेदवारी परेको छ ।उसलाइ १ मत रहेको लोसपाले समर्थन गरेको छ ।

जसपाबाट भने जिससको सभापतिमा निरन्जन कुमार सर्राफ र उपसभापति पदमा एमालेका पुरण कुर्मीको उम्मेदवारी परेको छ । जिससको निर्वाचनमा जिल्लाका १४ स्थानीय तहका प्रमुख र उपप्रमुख गरि कुल २८ जना मतदाता रहेका छन् । ती मध्ये काँग्रेसको १२ , एमालेका १० , जसपाका ५ र लोसपाका १ जना मतदाता रहेका छन् ।madheskhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close