रा.प्र.पा पर्सा क्षेत्र नं १ को क्षेत्रिय बैठक सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं १ को क्षेत्रिय बैठक सम्पन्न भएको छ। साथै क्षेत्रिय कार्यसमिति लाइ थप बलियो बनाउन आउदो बैठकमा कार्यसमिति मा केहि सदस्य थप गरीने बसेको बैठक बाट निर्णय गरेको छ।

आउदै गरेको संसदिय चुनाव र प्रदेश सभा को चुनाव मा पार्टी बाट उमेदवारी दिने प्रतिनिधि लाइ आ-आफनो ठाउँ बाट सहयोग गरिने गरि इमानदारी साथ सहयोग गर्ने भनि बसेको बैठक बाट निर्णय गरेको छ।

साथै क्षेत्र नं १ मा पर्ने १९ वटै वडाको भदौ महिना सम्म मा वडा इकाइ कमिटी गठन गर्ने सर्वसहमतिले निर्णय गरेको छ।

उत्क बैठक क्षेत्र नं १ को क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी को अध्यक्षतामा भएको बैठक मा बरिष्ठ उपाध्यक्ष बिनय कुमार झा,क्षेत्र नं १(क)का अध्यक्ष बिजय कुमार पासवान, सदस्य पृथक प्रसाद घिमिरे, राष्ट्रिय प्रजातन्त्रिक युवक संगठनका पर्सा जिल्ला अध्यक्ष राजा बाबु चौरसिया लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close