भोलीको नेपाल बन्द सफल बनाउन बिरगंजमा मशाल जुलुस प्रदर्शन ।(भिडियो सहित)

बिरगंज , माघ २१ गते बुधबार ।

नेकपाका सरकारका प्रधानमन्त्री केपि ओलिले गरेको संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक भएकोले त्यसलाई सच्याउन पर्ने भन्दै त्यसको बिरुद्धमा बुधबार नेकपा प्रचण्ड-माधव समुहले सांझ वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेकाे छ ।
असंवैधानिक कदम विरुद्ध पार्टीकाे केन्द्रिय संघर्ष समितिद्वारा घाेषणा गरिएकाे बिहिबारकाे नेपाल बन्द सफल बनाउन मशाल जुलुश प्रदर्शन गरिएकाे अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहले पर्सा पोस्टलाई बताउनु भयो।

वीरगंजकाे पानमन्डी गल्लीबाट निस्केकाे मशाल जुलुश माईस्थान, महाविरस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुन: माईस्थानमा पुगी काेण सभामा परिणत भएकाे थियाे । मशाल जुलुशकाे प्रदर्शनकाे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेकाे साहले बताए ।

त्यसैगरि काेण सभालाई सम्बाेधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य छाेटेलाल यादवले असंवैधानिक कदम विरुद्धकाे बन्दकाे कार्यक्रम सफल बनाउन सम्पूर्ण उद्याेगी,व्यापारी, व्यवसायी, शैक्षिक संस्था, यातायात व्यवसायीहरुलाई आग्रह गरे ।

 

मशाला जुलुशमा नेकपा पर्सा जिल्ला सचिव विजय महताे, प्रदेश सदस्य रामबाबु बैठा, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, युवा संघका केन्द्रिय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जुबेर आलम लगायतकाे सहभागिता रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close