राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को वीरगंज को भिस्वा डाडा मा इकाइ कमिटी गठन।

पवन प्रसाद साह
वीरगञ्ज, पर्सा
चैत्र २६ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को वीरगंज महानगरपालिका वडा नं १५ वडा इकाइ कमिटी गठन भएको छ। पार्टी का नेता अंगद ठाकुर को प्रमुख अतिथि मा वीरगञ्ज महानगरपालिका वडा नं १५ भिस्वा डाडा मा मा लालबाबु महतो को अध्यक्षता २१सदस्य वडा इकाइ कमिटी गठन भएको छ।

सो गठन कार्यक्रम मा पार्टी का केन्द्रिय सदस्य शम्भु चौरसिया बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फ सचिव राजेश गुप्ता जिल्ला सचिव अजय पौडेल युवक संगठनका अध्यक्ष दिपनारायण यादव युवा नेता देवकुमार सरार्फ लगायतका व्यक्तित्त्वहरुको सहभागितामा रहेको थियो।

भिस्वा भेडियाही तथा लछुमणवाका युवाहरू लगायतका उल्लेखनीय सहभागितामा भव्य तथा सभय कार्यक्रम भिस्वा डाडा मा भएको थियो। त्यस कार्यक्रममा देशको राजनीति अन्यौलता तथा नेताहरु आफ्नो कर्तव्यबाट ओझेल भएर देश र जनतालाई खाल्टोमा पुर्ने र देशलाई अझ अध्यारो तर्फ धकेल्न लागेको अवधारणा लगायतका विचारहरु पार्टीका केन्द्रिय सदस्य शम्भु चौरसिया नेता अंगद ठाकुर महानगर अध्यक्ष जलेशवर सरार्फ तथा जिल्ला सचीव अजय पौडेल ले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close