वीरगञ्ज वार्ड नं २६ मा रा प्र•पा•को वडा इकाइ कमिटी गठन

पवन प्रसाद साह
वीरगञ्ज, पर्सा
बैशाख १ गते
बिरगंज महानगर पालिका वडा न:-२६ अठराहा सुगौलीमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको २१ सदस्यीय वार्ड ईकाई समिति गठन भएकोछ। तथा प्रदेश न:-२ का चिरपरिचित्त लोक गायक जितेन्द्र पटेल(मुस्कान) समेत १२६ जनाले अन्य पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्रमा प्रवेश गरेकाछन।

पार्टीका नेता अंगद ठाकुर ज्युको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा जिल्ला उपाध्यक्ष अवधकिशोर साह जिल्ला सचिव अजय पौडेल लगायतका नेताहरूको सहभागिता रहेको थियो।

त्यसैगरी बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फको संयोजकत्वमा कार्यक्रम समपन्न भएको थियोे। वार्ड ईकाईका अध्यक्ष उमेश पटेलले देशमा गणतन्त्र आएदेखी देशको विकासमा कमी तथा नेताहरूको विकासमा बढोत्तरी भएकोछ भने धारणा राख्नु भएको थियो।

त्यसैगरी पार्टीको नेता अंगद ठाकुरले आफ्नो धारण राखेका थिए। भने जिल्ला सचिव अजय पौडेलले कार्यक्रम सहजता गर्नु भएको थियो। र पार्टीका बारेमा जिल्ला उपाध्यक्ष अवधकिशोर साहले प्रकाश पार्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close