शंकर पोखरेलको नियुक्ति बदर गर्न माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ

लुम्बिनी प्रदेशका विपक्षी दलहरुले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन्

प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेपछि रुष्ट भएका विपक्षी दलहरुले नियुक्ति बदरको माग गर्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका हुन् ।

प्रदेश प्रमुखले एमाले र विपक्षी गठबन्धनसँग समान ४०–४० सांसद भएको अवस्थामा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विपक्षी गठबन्धन आक्रोशित बनेको हो ।

पछिल्लो समय एमालेका तीन सांसदले राजीनामा दिइसकेका छन् । जसका आधारमा एमालेसँग अब ३७ संसदमात्र बाँकी छन् । उता, विपक्षी गठबन्धनले ४० सांसदको समर्थनसहित प्रदेश प्रमुख समक्ष सरकार गठनको दावी गरेको छ ।ratopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close