बि.पि बिचार, संघर्ष र राजनीतिक:- बिधार्थी नेता सिंह

बिरगंज – बीपीलाई सम्झनु भनेको उहाँका कथा सुनाउने र किंवदन्ती भन्ने कुरा होइन। फोटो राखेर माल्यार्पण गर्नुको मात्र अर्थ छैन। बीपीले तत्कालीन परिस्थितिमा अगाडि सारेका कुरालाई आज समाजमा रहेको असमानता, विभेद, विचारहीनता, जडसूत्रवादका विरुद्ध लड्नु चाहिँ सही सम्झना हो।देश र जनताको लागि आफ्नो सम्पूर्ण जीवन उत्सर्जन गर्ने महा पुरुष प्रतिको यो निरीह संझना ले केही लाई मात्र पनि झक्झकाउन सक्यो भने त्यहि नै महामानव को जन्मजयन्ती हुनेछ र यही नै पंतिकारको लागि आत्मा संतोषको बिषय हुनेछ। राजनीति लाई नाफा घाटाको रुपमा हेर्ने वर्तमान तथाकथित राजनितिज्ञहरुको नजरमा निश्चय पनी बि.पि एक असफल राजनीतिज्ञ थिए।तर आम नेपाली र स्वयं बि.पि ले कहिल्यै आफुलाइ असफल संझनु भएन,कारण थियो एक उच्च कोटिको राजनितिक बिचार्। राजनीति विचार ले चल्ने हो र अहिलेको राजनितिक बिचार बिपि बाट नै प्रादुर्भाव भएको हो भलै कार्यान्वयन गर्नेहरुले” बिचार “लाई भ्रष्टिकरण गर्दै निजि स्वार्थप्रेरित राजनीति मा लिप्त भए ।परिणाम आज देश र जनताको दुर्दशा उल्लेख गर्ने उपयुक्त शब्द पनि भेटिदैन। तथापि निर्लज्जहरु देशको संबृद्धी र बि पि को नाम भजाउन भने प्रतिस्पर्धा गर्दैछन। यसपाली आफ्नो कुरा भन्दा पनि बि पि बारे बिपिलाइ धेरै बुझेका र सहकार्य गरेका समाजबादी चिन्तक भोला चटर्जी को पुस्तक “बि पि कोइराला ,एक क्रान्तिकारी ब्याक्तित्व “मा अनुबादकहरुको तर्फबाट बि पि बारे ब्यक्त उक्त पुस्तक का केही अंशहरु पाठकहरु समक्ष पस्कने बिचार गरें। “बिपि कोइराला त्यस्तो अमर ब्याक्तित्वको नाम हो जसकाबारे लामो परिचय दिइराख्नु पर्छ जस्तो लाग्दैन।कुनै पनि देशको इतिहासमा सामान्य नागरिकको कर्तव्य भन्दा धेरै माथी उठेर देश र जनताको लागी योगदान गर्ने मानिसहरु बिरलै पाइन्छन। त्यसमा पनि राष्ट्रका प्रत्येक वर्गका मानिसले कुनै विवाद बिना राष्ट्रिय बिभुतिकै कोटिमा स्विकार्ने महापुरुष्हरु अझ नगन्य हुन्छन।बिपि कोइराला तिनै महापुरुष मध्ये पर्नु हुन्छ।

नेपालको भौगोलिक एकीकरणको काम पृथ्वीनारायण शाहबाट र भाषिक एकीकरणको काम भानुभक्त आचार्यबाट भयो भने नेपालमा आधुनिक राजनितिक् संस्कारको स्थापना र राजनितिक अस्तित्वबोधको काम बि पि बाट हुन गयो। क्रान्तिदृष्टी,सिद्धान्तनिष्ठा र अटल राष्ट्रवाद बि पि का मौलिक बिशेषता हुन।सामन्तियुगको पुरातन परंपरामा जकडिएको नेपाललाइ आधुनिक युगको पुर्णराज्यका रुपमा प्रबेश गराउनमा बि पि को अमुल्य योगदान छ भन्दा शायदै अत्युक्ति होला।बि पि को नेतृत्वमा नेपाली काङ्ग्रेसले आह्वान गरेको २००७सालको जनक्रान्तिले नेपालको आधुनिक राजनितिक संरचना गरेको हो।आफ्ना पिता कृष्णप्रसादले गरिब र निमुखा नेपालिहरुको दारुण अबस्थाप्रती संबेदनसिलता अभिब्यक्त गरेकै कारण सपरिवार भारत निर्वाशनको सजाय भोग्नु परेको बिपि कोइरालाको किशोरावस्थाको परिवेश मननिय छ।एकातिर बृटिश अधिपत्यबाट मुक्त हुन भारतिय जनताले शुरु गरेको स्वतन्त्रता आन्दोलन चरम अबस्थामा पुग्दै थियो भने अर्कोतिर एकतन्त्रीय सामन्ती शासन प्रणाली अन्तर्गत नेपाली जनताले अर्धदासताको प्रत्यक्ष अनुभव गर्नुपरेको थियो।यिनै दुई वास्तविकतानै बिपिको राजनितिक दर्शन र चिन्तनका आधारशिला बन्न पुगे र त्यसैलाइ बिकशित गर्दै वाहाले एउटा परिपक्व राजनितिक सिद्धान्त दिनु भयो।राजनितिक दर्शन मात्रले देश बिकास र आधारभुत मानव अधिकारको प्रत्याभूती संभब हुदैन।त्यसका लागी त्याग,तपस्या,समर्पण र प्रतिबद्धता पनि त्यतिकै आबस्यक हुन्छ भन्ने कुराको पहिचान पनि वाहाले युवाबस्थामै गरिसक्नुभएको थियो।

भारतिय स्वतन्त्रता आन्दोलनमा सहभागी भै अनेक पटक जेलनेलको सजाय समेत पाउनुभएका बिपि कोइरालाले तत्कालिन एकतन्त्रीय राणा शासन हटाइ देशमा प्रजातान्त्रिक शासन पद्धतिको शुरुवात गर्न संचालित २००७सालको जनक्रान्तिका सिलसिलामा निर्वाह गर्नुभएको सर्बोच्च भुमिका र अझ बिषेसत २०१५ सालको आम निर्वाचन पछि वहाको देहान्त नहुदासंम्म नेपालको राजनितिक दृश्यावलिमा बिपि कोइरालाको नायकत्व निरन्तर उच्च स्थानमा रहेको स्पस्टै छ।उत्पीडन ,कठोर यातना र अत्यन्त कठिन अबस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आफ्नो आधारभुत निष्ठालाइ नत्याग्ने बिपि कोइरालाले आफ्नो जिवनको लामो समय राजनितिक संघर्षमा मात्र बिताउनु भएन,वहाले क्यान्सर जस्तो घातक रोगसंग समेत निरन्तर संघर्ष गर्नुपर्यो।राष्ट्रियता र प्रजातन्त्र राष्ट्रिय अस्तित्वका दुई मुल पांग्रा हुन भन्ने आफ्नो सैद्धान्तिक आस्थाबाट कहिल्यै बिचलित नहुने बिपिले नेपाली राजनितिमा नयाँ संस्कारकै थालनी गर्नु भएकोछ।

परिणामस्वरूप २०३६ सालको जनमत संग्रह २०४६ सालको जन-आन्दोलन र त्यस पछिको बहुदलिय शासन प्रणालीको पुनर्स्थापना संभब भयो। बहुदलिय शासन व्यवस्था शैशवावस्थाको बर्तमान समयमा प्रजातन्त्र र राष्ट्रियतालाइ संरक्षण र सुदृढ गर्दै राष्ट्रिय बिकासलाई तिब्रतर गर्न बिपिका चिन्तन र दर्शन अझ बढी सामयिक र उपयोगी सिद्ध भएकाछन।प्रजातन्त्र एक फडकामात्र होइन यो एउटा संस्कार र निरन्तर प्रकृया हो र यसको अनुशिलन र सुदृढीकरणमा मात्र सामाजिक न्याय र बिकास संभब हुन्छ भन्ने कुरामा वहाँ सधै जोड दिनु हुन्थियो।बिपिका आदर्श,सिधाान्त र दर्शन यिनै यथार्थका वरिपरि छन।त्यसैले बिपिको समग्र ब्याक्तित्वको अध्ययन,मनन र अनुशिलन आफैमा एउटा प्रेरणा र समर्पणको श्रोत हो भन्ने हाम्रो धारणा छ।अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका लौहपुरुष विलिब्राण्ट्ले समेत बिपिलाइ अत्यन्त प्रभावशाली र सुयोग्य समाजवादी नेताका रुपमा स्विकारेको कुरा यहाँ स्मरण योग्य हुनेछ।” बिपि बारे उल्लेखित भनाइहरु बाट मात्र पनि बि पि लाई बुझ्न चाहनेहरुका लागि पर्याप्त हुनेछ। बिपि बारे उक्त पुस्तकका अनुबादकहरु बिचार पछी समसामयिक राजनिति र बि पि स्वयं ले आफ्ना आदर्श प्राप्तिकोलागी जन्माएको,हुर्काएको पार्टी नेपाली कांग्रेसको बर्तमान अबस्था र काङ्ग्रेस नेतृत्वको भुमिका बारेमा आफ्ना केही बुझाइहरु लिपिबद्ध गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close