एल. एस. न्युरो एन्ड जेनरल हस्पिटलद्वारा अर्धमुर्त पटेलको कडा मेहनत प्रच्यात एक महिनाको सफल उपचार पछी डिस्चार्ज , परिवारजनले गरे हस्पिटललाई सम्मान ।

बिरगंज , असोज २६ गते मंगलवार ।

एल,एस,न्युरो एन्ड जेनेरल हस्पिटल का प्रमुख डा. श्याम पटेलकाे नेतृत्व को टाेलिद्वारा कडा मेहनत तथा सफल उपचार पछी एक १७ बर्षिय युवकको ज्यान बचाएका छन । रौतहट जिल्लाको हन्दावन नगर पालिका वडा नम्बर ६ निवासी पवन कुमार पटेलका छोरा रन्जय पटेल लाई चपुर देखि गैर जाने बाटो चन्द्रपुर १० पडरिया र हर्शाहाको बिचमा गएको ४ गते ना .१८प. १८६२ नम्बर को पैशन प्रो मोटरसाइकलले पैदल हिडिरहेका रन्जन पटेललाई ठक्कर दिएको थियो ।

उनलाई तत्कालै चपुरमा रहेको चन्द्रपुर अस्पतालमा उपचारको लागि लगिएको थियो । पटेलको उपचर त्याहा सम्भव नभएपछि उनलाई डाक्टरले त्याहाबाट रेफर गरेको थियो । पछी उनका आफन्तहरुले एम्बुलेन्स मा राखी उनलाई बिरगंज ल्याउदै गर्दा बाराको तामागढी पुलमा निकै जाम लागेको थियो ।

एम्बुलेन्स चलक लाल बाबू साहले बाराका प्रहरी प्रमुख लाई फोन गरे र वाहालाई भने कि सर मैले एउटा निकै नै गम्भीर बिरामिलाई बोकेको छु र उनलाई चाडैं नै अस्पताल पुर्याएनौ भने उनको ज्यान गैई हाल छ अनि एम्बुलेन्स चालकको कुरा सुनी बाराका प्रमुख ले त्याहाका ट्राफिक प्रहरीलाई तुरुन्तै त्याहा खटाई बाटो खुलाउन लगाए ।

जाम बाट निस्के पछी बाटोमा आउदै गर्दा पिलुवा भन्दा अलि अगाडि पटेलको स्थिती झनै खराब भयो र उनका बुवा पवन पटेल रुन थाले र एम्बुलेन्स चालकलाई भने कि अब मेरो बच्चा बाचदैन गाडि फर्काउ अनि एम्बुलेन्स ड्राइभर लालबाबु साहले ६,७ पल्ट सिभिआर गर्दा अलि अलि सास लिन थाले र पछी अर्ध मृत अस्वस्थामा रहेको पटेललाई एम्बुलेन्स चालकले सहि समयमा बिरगंज पानिटन्की स्थित एल एस न्युरो अस्पतालमा पुर्याई समयमा नै डाक्टर श्याम बाबू प्रसादको टिमले रन्जनको उपचार सुरु गर्‍यो । ६ दिन उनलाई भेन्डिलेटरमा राखेर उपचार गरियो । पछी केही सुधार हुदैजादा उनलाई आईसियुमा सारियो अनि अहिले उनी एक्दमै ठिक भएपछि आज उनीलाई डिशचार्ज गरिएको छ ।

पटेलका बुबा आज उनका छोरा डिस्चार्ज भएपछि धैरै नै खुशी थिए र उनले एल एस न्युरो हस्पिटलका बरिस्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद को टिमलाई रन्जनका बुवा पवन पटेलले छोराको राम्रो सीत उपचार गरेर ज्यान बचाई दिएका डाक्टर श्याम बाबू प्रसाद , अस्पताल का एमडी रामप्रबेश प्रसाद र उनको सम्पुर्ण टिमलाई दोसल्ला र फुलमाला अबिर लगाई सम्मान गरेका थिए । करिब एक महिनाको कडा मेहनत र प्रयास को पश्चात् उनिलाई हामी बचाउन सफल भएको डा.श्याम बाबू प्रसाद ले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close