श्री नेपाल रेलबे माध्यमिक विद्यालय व्यवस्थापन बिहिन हुदा बालबालिका जोखिममा(फिचर सहित)

वीरगञ्ज, पर्सा जेठ २९ गते

श्री नेपाल रेलबे माध्यमिक विद्यालय व्यवस्थापन बिहिन हुदा बालबालिका जोखिममा परेको समाचार प्राप्त भएको छ।उक्त बिधालय वीरगञ्ज महानगरपालिका वार्ड नं ९ गोशवरा रोड स्थित (CDO) अफिस को उतर पट्टी रहेको छ। बिधालयको नाम के हो बोर्ड समेत नलेखेको पाइएको छ।

बिधालयको ग्राउण्डमा पानी जम्मेको अवस्थामा देखिएको छ। जम्मेको पानीको कारण बालबालिकाहरू चिपलि दुर्घटना हुने अवस्था देखिएको छ। त्यस पानिको निकास गर्न कुनै व्यक्ति वा विधालयको शिक्षकको चासो देखिएको छैन।

साथै विधालयको कोठा समेत चर्केको ले बिधार्थी वा शिक्षकको दुर्घटना समेत हुने सक्ने आवस्था पाइएकोछ। साथै कक्षा कोठा को ढोका आघि काठ र आघि जस्ताले बनाएको ढोका छ त्यो पनि टुटेको ढोका पाइएको छ।

बिधालयमा भएको धारा पनि बिग्रेको आवस्थामा रहेको पाइएको छ उक्त धारा सुचारु नभएको कारण बालबालिका शिक्षकहरू लाइ पानि खान समस्या रहेको पाइएको छ। उक्त बिधालय माथि सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close