कोरोना विरुद्धको खोप शनिबार सातौं दिन पनि जारी ।

अजित भुजेल

बिरगंज , फागुन ०८ गते शनिबार ।

कोरोना विरुद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणको अभियानलाई शनिबार पनि निरन्तरता दिइएको छ ।

भारतले अनुदानमा पठाएको १० लाख खोप अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी तथा सफाईकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको थियो भने पहिलो चरणको सातौ दिन शनिबार पनि सन्चारकर्मीहरु, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मी , बैंकर्स, सरकारी कर्मचारी, बिधुत कर्मचारी, विभिन्न संघ संस्था लगायतका व्यक्तिहरुलाई खोप लगाउने कार्य जारी राखेको छ ।
वीरगंजस्थित नारायणी अस्पतालमा अभियानको आज सातौ दिन शनिबार ५२० जना पुरुष र ८० जना महिला गरि ६०० जनाले कोरोना विरुद्धको खोप नि:शुल्क रुपमा लगाएका थिए ।

खोप लगाउनेमा जिल्ला प्रहरी कार्यालयबाट -२७० जना, APF बाट -९१ जना, बैंकर्स -८२ जना, NGO -५७ जना, सरकारी कर्मचारी – ४९ जना, सन्चारकर्मी-१३ जना, सामाजिक कार्यकर्ता-१५ जना, स्वास्थ्यकर्मी -७ जना, नगरपालिका-७ जना , टेलिकम-५ गरि जम्मा ६०० जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएकि जास्मिन दवाडीले जानकारी दिनु भयो ।

उहाले भने खोप लागाउनेको आज भोलि विभिन्न संघ संस्था, सरकारी निकायका कर्मचारीको घुइचो नै बढेको र काम गर्न समेत हम्मे हम्मे भएको बताउछिन । उनी भन्छिन कामको व्यस्तताको बाबजुद आफुले कोरोना खोप लगाउन ढिलो गरेता पनि जनस्वास्थ्य कार्यालय पर्साले केही सहकर्मी थप गरे पछि आज सहज रुपमा कोरोना खोप आफूले पनि लिएको र अरुलाई पनि लिन जाश्मिन दवाडीले आग्रह समेत गरिन । गलत हल्लाको पछि नलाग्न समेत उनी बताउछिन।

त्यसैगरी खोप दिनेहरुमा स्वास्थ्य कार्यालयबाट खटीएका सृष्टि बिष्ट, पुजा ठाकुर सपना ठाकुर मनिषा प्रजापति शुस्मा यादब चन्द्र मोहन मिश्रा सोनी कुमारी दास , प्रोफेसर डा. दिपक शाक्य, सुरेश बिडारीले खोप लगायका छन भने श्रवण कुमार यादव, नजिरा खातुन, समिधा पन्जियारले प्राबिधिक सहयोग गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close