अल्पाईन माबीका विद्यार्थीद्वारा स्वागत तथा बिदाई कार्यक्रमको आयोजना ।

बिरगंज , चैत्र ०७ गते शनिबार ।

बिरगंज महानगर पालिका वडा न.११ स्थित अल्पाइन माध्यमिक विद्यालयका प्लस टु साईन्सका कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रम बीच बिदाई गरेको थियो ।बिरगंजको होटेल भिस्वामा भएको सो कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुले १२ का विद्यार्थीहरुलाई बिदाई गर्नुका साथै कक्षा ११ मा नया भर्ना भएका विद्यार्थीहरुलाई स्वागत समेत गरिएको छ ।

अल्पाईन माबीका डाईरेक्टर बिनोद उपाध्यायको अध्यक्षतामा तथा ईन्टरनेशनल एडमिशन डाईरेक्टर अफ केआईआईटी भारतका हर्षित अग्रवालको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राजिव कुमार साह , कुशल किशोर सिंह राजपुत , अल्पाईन सेकेन्डरि स्कुलका प्रिन्सिपल विशाल उपाध्याय , अल्पाईन प्लस टु साईन्सका प्रोग्राम ईन्चार्ज बिक्रम उपाध्याय , स्कुलका शिक्षक , सन्चारकर्मी , विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

अल्पाईन स्कुलमा अध्ययन विद्यार्थीहरुलाई भारतमा रहेको किटमा फुल स्कलरसीप पाएका विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो भने सो कार्यक्रममा अल्पाईन स्कुलका विद्यार्थीद्वारा नृत्य , नाटक , गेम र गाना गाएर पढाईको साथ साथै अन्य आउटी सिप र कला समेत रहेको छ भन्ने प्रमाणित सो कार्यक्रमले गरेको छ ।

कार्यक्रममा भारतिय महाबाणिज्य दूतावासका कन्सुलर सुरेश कुमारले अल्पाईन स्कुलले छोटो समयमा धेरै प्रगति गर्नुका साथै आफ्नो बिधालयका विद्यार्थीहरुको ज्ञान , सिप र रुचि अनुसारको उच्च शिक्षा हाशिल गर्न र फुल स्कलरसिपमा विद्यार्थीहरुलाई पढ्न हरप्रयास सहारनिय रहेको बताउदै हामीले आफ्नो तर्फबाट आगामी दिनमा गर्नु पर्ने शिक्षामा सहयोग पुर्ण रुपमा रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close