त्रिभुवन बिश्वबिद्यालय आंशिक प्राध्यापक संघद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै सम्झौता कार्यन्नयन गर्न ,आंशिक प्राध्यापकहरुलाई राहत प्रदान गर्न र खोप उपलब्ध गराउन माग ।

काठमाडौं , असार ०२ गते बुधबार ।

त्रिभुवन बिश्वविद्यालय आंशिक प्राध्यापक संघ केन्द्रिय कमिटीद्वारा आज एक प्रेस बिज्ञप्ति जारी गर्दै त्रिभुवन बिश्वबिधालयको उच्च शिक्षामा अहोरात्र खटेर प्राज्ञिक योगदान गर्दै आएका आंशिक प्राध्यापकहरुलाई विभिन्न समयमा लिखित सम्झौता गरेर पनि अहिलेसम्म कार्यन्न्यन पक्षमा बिश्वबिधालय गम्भीर नभएको बिषय प्रती हाम्रो मुख्य ध्यानाकर्षण भएको र पछिल्लो समय २०७७ पौष २४ गते त्रिभुवन बिश्वबिधालय र त्रि. बि. आंशिक प्राध्यापक बीच ” शैक्षिक सहायक सरहको पारिश्रमिक पाउने गरि व्यवस्थापन गर्ने भन्ने बिषयमा सम्झौता भएको र विभिन्न किसिमका सम्झौता भन्दा बाहिरका बहाना र परिस्थिति देखाएर आफुले गरेको सम्झौतालाई आफैले तुषाराघात गरेको , एउटै सस्थाको समान तह र समान कक्षामा बौद्धिक श्रम खर्च गर्ने प्राज्ञिक बर्गलाई यश किसिमको विभेद गरिनु श्रम ऎन बिपरित भएको भन्दै यदि अझै पनि यश सम्झौतालाई गम्भीर रुपमा ग्रहण नगरी परिणाममुखी कार्यन्नयन तर्फ लक्षित नभएमा आजको एक साता अर्थात आषाढ ९ गते पछि त्रिभुवन बिश्वबिधालयले संचालन गरेको सम्पुर्ण अनलाइन ( बिधुतिय माध्यम ) कक्षा बहिस्कार गर्न बाध्य हुने र साथै परिस्थिति अनुरुप थप संघर्षका कार्यक्रम समेत घोषणा गर्दै जाने समेत सो बिज्ञप्ति मार्फत जानकारी गराईको छ ।

यसैगरि सबैलाई कोरोना विरुद्धको खोप दिई सक्दा पनि हामिलाई दिन सकेको छैन , त्यसकारण हाम्रो माग अनुसार तत्काल सम्झौता कार्यन्नयन गर्न , आंशिक प्राध्यापकहरुलाई राहत प्रदान गर्न र यथाशीघ्र खोप उपलब्ध गराउन समेत जोडदार माग गरेको आंशिक प्राध्यापक संघका केन्द्रिय कमिटीका अध्यक्ष चन्द्रवदना राई र महासचिव राजेन्द्र गिरि हस्ताक्षर सो बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close