समाजसेबी जेनिसा बोहोरा राष्ट्रिय संगितकर्मी संघ ललितपुरको सल्लाहकारमा चयन

समाज सेवी जेनिशा बोहोरा रास्ट्रीय संगितकर्मी संघ ललितपुर जिल्ला बाट सल्लाहकारमा चयन हुनु भएको मा हार्दिक बधाइ तथा शुभकामना । वहाँ नेपाल प्रहरी को जागिरे पेशा बाट अवकाश लिइ समाजिक अभियान मा लागि गरिब तथा दिनदुखीहरु को अवाज उथाइ न्याय दिलाउने तथा अत्याचार विरुद्ध ससक्त अवाज उथाउदै आउनु भएको छ।

निषेधाज्ञाले उपत्यका सहित देशका अधिंकाश जिल्ला अस्तव्यस्त भएको छ । हुने खानेलाई निषेधाज्ञाले केही असर नगरेता पनि हुदा खानेलाई यो निषेधाज्ञाले निकै ठूलो असर गरेको छ । ज्यालादारी गरेर एक छाक खाना खानेका लागी यस्ले ठूलो चुनौती थपेको छ ।

यसैबीच जो ज्यालादारी गरेर आफ्नो र आफ्नो परिवारको गुजारा गरिरहनछन हो त्यसता वर्गका मानिसको भगवान बनेर अभियान्ता जेनिसा बोहोरा आएकी छन ।

सामाजिक काममा दुई कदम अघि रहेकी जेनिसाले अहिले दुखी र गरिव जो निमुखा छन , हो त्यस्ता व्यक्तिको पेट भर्ने अभियान चलाएकी छन । पहिलेको लकडाउनमा पनि जेनिसा एक्लै ले सयौलाई खाना खुवाउदै आएको कुरा सबैलाई अवगत नै छ । अहिले झन उनले काठमाडौ उपत्यका लगायत देशका अधिकांश ठाउमा पुगेर राहात पनि बाढेकी छन ।

सानैदेखि सहयोगी जेनिसा अहिले झन आफ्नो गाँस काटेर भएपनी दुखी गरिवको लागि सहयोग गर्ने गर्दछिन । निरन्तर रुपमा समाजसेवामै खटिएकी उनी अहिले उपत्यकामा निमुखा जनताको लागि राहात प्याकेज हरु बनाएर वितरण गर्दै गरेकी छन ।

केही चर्चित संस्थामा आबद्ध बोहोराले संस्था मार्फत पनि थुप्रै ठाउमा सहयोगहरु गर्दै आइरहेकी छन । तर अरु अभियान्ताको हिसाबमा जेनिसा बोहोरा एक कदम उचाइमा छिन ।

अरु अभियान्ताले धेरै सहयोगी मनहरुसङ जोडिएर सहयोग संकलन गरेर त्यस्को पारदर्शिता नहुने गरि वितरण गर्छन भने जेनिसाको हकमा उनले चाहिँ सकेसम्म अरु सहयोगी मन समक्ष नमागी कन आफै सहयोग हरु गर्छिन । अहिले पनि उनले विभिन्न वर्गका मानिसलाई राहत दिदै आएकी छन ।

जस्ले समाजमा राम्रो काम गर्न खोज्यो उस्को नै बढी आलोचना हुने उनको ठम्याइ छ । उनी आलोचना र नकारात्मक प्रतिक्रिया बाट पछि नहटी समाजसेवा गर्नेलाई नै वास्तविक समाजसेवी मान्छिन ।

उनले कहिले बाल आश्रममा पुगेर आफू सक्दो सहयोग गर्छिन भने कहिलेकाही बुढाबुढी बस्ने वृद्ध आश्रममा पुगेर सहयोग गर्छिन । भोलि कसैले देखेको छैन अहिले नै समाज सेवा गर्ने हो भन्ने उनको बुझाइ छ ।

उनलाई थुप्रै सामाजिक संजालमा सपोर्टहरु मिल्ने गर्छ , जस्ले अझै केही थप उर्जासिल काम गर्ने जोस र जागर आउने उनको बुझाइ छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close