जगरनाथपुर गा.पा. मा निशुल्क आँखा शिविरको आयोजना , १८४ जनाको चेकजाच गर्दा ५४ जनामा मोतियाबिन्द भेटियो ।

बिरगंज , भदौ ३० गते बुधबार ।

दाइजो एवम सामाजिक कुरिति विरुद्ध जागरण मंच एवम वीरगंज कपडा बैंकको संयुक्त आयोजना तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविघिक सहयोगमा बुधबार पर्सा जिल्ला जगरनाथपुर गा.पा. वडा न ४ सोहरी गाउको श्री दिब्य ज्योति इन्गलिश बोर्डिंग स्कुलको प्रांगणमा दाइजो एवम सामाजिक कुरिति विरुद्ध जागरण मंचका अघ्यक्ष बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा निःशुल्क ऑखा शिविर सम्पन्न भएको छ।

सो निशुल्क शिविरका प्रमुख अतिथि जगरनाथपुर गापा वडा ४ का वडा अघ्यक्ष श्री प्रभुनाथ चौघरी रहनु भएको थियो भने विशिष्ट अतिथिमा वडा सदस्य श्री प्रमजोती देवी,शहरुम राउत गदी,सोहन शाह,धर्मेन्द्र पटेल,ठाकुर प्रसाद चौघरी,अतिथिमा बिधालय प्र.अ. नवलेश राम , हृदय नारायण यादव, राजु प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।

सो शिविरमा कुल १८४ जनाको निशुल्क आँखा परिक्षण गरिएकोमा ५४ जना मोतियाबिन्दको बिरामिहरु भेटिएको रहेको छ जसमध्ये २८ जनालाइ निशुल्क औषधि दिइएको एवम मोतियाबिन्दको बिरामिहरुलाइ शल्यक्रिया ,औषधि ,चस्मा ब्लड परिक्षण , आउने जाने सम्पुर्ण खर्चहरुमा करिब ५० प्रतिशतको छुट दिइने दृष्टि आँखा अस्पतालका दृष्टि विशेषज्ञ अरबिन्द्र गुप्ताले जानकारी गराउनु भयो ।

सो अवसरमा प्रमुख अतिथी प्रभुनाथ चौधरीले उपस्थित सम्पुर्णलाई स्वास्थ्य बिमा गराउन आग्रह गर्नुका साथै आयोजक टिमलाई धन्यवाद ज्ञापन गरेका थिए भने अध्यक्ष बृजेश्वर चौधरीले दृष्टि आँखा अस्पताल एवम सहयोगी सम्पुर्णलाई धन्यवाद दिदै हाम्रो चाहना नै समाजको सेवा गर्नु नै भएकोले तपाईंहरुको दुख बिपतमा हामी सङ्गै रहने प्रतिबद्धता पनि ब्यक्त गरेका थिए भने सो कार्यक्रमको सहजिकरण बिरगंज कपडा बैंकका सचिव लालबाबु सिंहले तथा स्वागत मन्तब्य दीनदयाल महतो थारुले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close