मानव सेवा आश्रम बिरगंजको सहयोगमा मानसिक स्वास्थ्य कमजोर गर्भवति महिलाको उद्दार ।

१२ असोज, वीरगञ्ज

मानव सेवा आश्रम बिरगंज शाखाले मानसिक स्वास्थ्य कमजोर भएकी एक गर्भवतीको उद्दार गरेको छ । धनुषाको धारापानीधाम नगरपालिका–९ धारापानीबाट उनको उद्दार गरिएको हो ।
लेखेर रिना देवी नाम बताउने उनको मानसिक स्वास्थ्य अवस्था कमजोर छ । अन्य मानिसलाई देख्ने वित्तिकै गाली गर्ने र एक्लै पनि कराई रहने समस्या उनमा छ ।

सामाजिक अभियान्ता प्रकाश थारु लगायतको टोली मंगलबार बिहानै धारापानी पुगेर स्थानीय प्रहरी र जनप्रतिनीधिसँग समन्वय गरेर महिलाको उद्दार गरेर बिरगंज ल्याएका छन् ।
प्रभु अस्पताल बिरगंजमा अहिले उनको उपचार भईरहेको छ । आमा र गर्भमा रहेको बच्चाको स्थिति बुझ्नका लागि प्रसुती रोग विशेषज्ञ डाक्टरसँग उपचार गराईएको सामाजिक अभियन्ता थारुले जानकारी दिए ।

‘ कति महिनाको गर्भ हो भनेर उनले बताउन सक्दिनन्, त्यसैले आमा र बच्चाको स्वास्थ्य स्थिति बुझ्न प्रभु अस्पताल ल्याएका छौं ।’ उनले भने ‘ भिडियो एक्सरे गराउनुको साथै पिसाब र रगत जाँच गराएका छौं, साढे ३ किलोको बच्चा छ, महिलामा रगतको कमी छ भनेर चिकित्सकले भनेका छन् ।’

अस्पतालले उपचार र सबै जाँच निशुल्क गरिदिएको थारुले बताए । सडकमा अलपत्र सहयोगापेक्षी मानिसहरुलाई मानव सेवा आश्रमले उद्दार गरेर गाँस, वास, कपास र औषधि उपचर सेवा दिँदै आएको छ । मानवसेवा आश्रम वीरगञ्ज शाखामा हाल दुई नाबालक सहित ५२ जना आश्रित रहेको शाखा संयोजक सानु गुरुङले जानकारी दिईन्

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close