सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा कपडा वितरण ।

बिरगंज , असोज १५ गते शुक्रबार ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा गरिब तथा असहाय व्यक्तिहरुलाई पुरानो सेकेन्ड हेन्ड कपडा वितरण गरिएको थियो ।

छपकैया श्रीराम हल अगाडि प्रहरी बिटको प्राङ्गणमा कपडा नहुने, बिहान बेलुकी खानलाई पनि समस्या भएको व्यक्ति वा परिवारहरु का लागी यो कार्यक्रमले सहयोग पुग्ने अध्यक्ष ठकुराईले जानकारी दिनु भयो ।

हुनेले दिने र नहुनेले लिएर जानलाई आग्रह समेत गर्नु भएको थियो । हाम्रो घरहरुमा पुराना कपडाहरु बिनाकारण नलगाई , सानो भैई , त्यतिकै राख्नु भन्दा गरिबलाई दिए धर्म हुने बताए ।

कपडा बितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेमा कुमारी सिंह, स-सचिव मदन प्रसाद गुप्ता , सदस्य अजित कुमार भुजेल, प्रहरी सहायक निरीक्षक , प्रहरी हवल्दार र प्रहरी जवान राजकुमार लामाको समेत सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close