दुर्गा पुजा सेवा समिति रानिघाटको आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा ७ महिला सहित ८१ जनाले गरे रक्तदान ।

बिरगंज , असोज १६ गते शनिबार ।

बिरगंजको छुट्टाछुटै ठाउमा भएको रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेको रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरब राज पान्डेले जानकारी दिनु भएको थियो ।

पर्साको पोखरिया नगरपालिका जगतपुरमा टैरीमाई युवा क्लबको आयोजना भएको रक्तदान कार्यक्रममा २ महिला सहित २२ जनाले रक्तदान गरेका थिए भने बिरगंज स्थित रानिघाट -९ मा दुर्गा पुजा सेवा समितिको आयोजनामा १६ औं पटक खुल्ला रक्तदान कार्यक्रममा ७ महिला सहित ८१ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेमा अनु श्रीवास्तव , सुमन श्रीवास्तव , ग्रिस्म शाक्य , सज्जन सिंह राजपुत , प्रबिण कुमार कर्ण , दिपेश कुमार कर्ण, गान्धी पटवारी , प्रज्वल कुमार कर्ण, पप्पु कुमार कर्ण, सज्जन चौधरी , सोनु कुमार गुप्ता , श्याम कुमार गुप्ता , अजय रौनियार , प्रदीप चौधरी , सचिन कुमार , मन्जित गुप्ता , राहुल गुप्ता लगायतले रक्तदान गरेका थिए ।

दुर्गा पुजा सेवा समिति रानिघाटका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षतामा र श्याम सुन्दर प्रसाद रौनियारको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा गोपाल प्रसाद रौनियार , दिनानाथ प्रसाद रौनियार , प्रदिप प्रसाद कुशवाह र समितीका पदाधिकारीहरु, समाजसेवी , बुद्धिजिबिहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close