बिपिसी द लिडर्स क्लबको आयोजमा भएको खुल्ला रक्तदान कार्यक्रममा ४ महिला सहित ४० जनाले रक्तदान गरे ।

बारा , कलैया , असोज १७ गते आइतबार ।

बिपिसी द लिडर्स क्लबको आयोजना तथा धनलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि. को सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कलैया उपमहानगर पालिका वडा न१ स्थित देवकी लाल धर्मशालामा आइतबार भएको रक्तदान कार्यक्रम ४ महिला सहित ४० जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेमा सिधाान्त तिवारी , अब्दुल अन्सारी , अनामिका गुप्ता , राहुल राज सरार्फ , सन्देश पटेल , आनन्द कुमार चौह्सन , मीन बहादुर श्रेष्ठ , भोला पटेल , ज्ञानेस्वर प्रसाद यादव , बिकाश कुमार गुप्ता , चन्दिका पटेल , शत्रुघन प्रसाद पटेल , निरज कुमार कलवार , राहुल प्रसाद पासवान , प्रियान्सु सिंह , सुरज बस्नेत , शैलेन्द्र श्रेष्ठ , ज्ञानदेव साह , सुरज कुमार यादव , समिम अन्सारीले रक्तदान गरेका थिए ।

बिपिसी द लिडर्स क्लबका सभापती सिद्धान्त कुमार तिवारीको अध्यक्षतामा र बिरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्यको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिस्ट अतिथि सन्जय कुमार खेतान , अर्बिन्द श्रेष्ठ , सन्चारकर्मी अजित भुजेल , संतोषमान रन्जितकार , मन्सुर खान, क्लबका उपसभापति निकित तिमिल्सिना , निवेश कुमार तिमिल्सिना लगायत क्लबका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

बिरगंज सन्चार केन्द्रका जितेन्द्र कुशवाह को टोलिले प्राबिधिक सहयोग गरेका थिए ।सहयोग गर्नु हुनेमा मनिष गुप्ता , लिलाधर गुप्ता , शेष हकरामुल , उदय गुप्ता र मुमताज रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close