सामुदायिक सेवा केन्द्र छपकैया -२ को आयोजनामा निःशुल्क आँखा परिक्षण शिबीर कार्यक्रम सम्पन्‍न ।

बिरगंज , असोज १८ गते सोमबार ।

समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २, पर्साको आयोजनामा तथा बीरगंज सामुदायिक आँखा तथा दाँत केन्द्र बीरगंजको विशेष सहयोगमा निसुल्क आँखा तथा दात परिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।


सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीको प्रमुख अतित्थ्य भएको कार्यक्रममा वडा न.४ का वडा अध्यक्ष जगत साह कानु , बीरगंज सामुदायिक आँखा तथा दाँत केन्द्र बीरगंजका डा. महेश सिंह धामी , डा. अमन साहको विशिष्ट आतिथ्यमा जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.नि. घर्मेन्द्र कुमार सिंह, विद्यालयका प्र.अ. हरेन्द्र कुर्मी, विनोद स्वर्णकार, रबि चौरसियाको आतिथ्य र राईजिङ्ग बीरगंज नेपालका अध्यक्ष अकदस मुस्ताफ, सामुदायिक सेवा केन्द्रका पदाधिारी वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, सचिव प्रबिण बिक्रम शाह, सह-सचिव मदन प्रसाद गुप्त, सदस्य अब्दुल कैश मिया तेली, अजित कुमार भुजेल , ऐसहनुल हक, टिका देबि प्रसाई , सामुदायिक प्रहरी प्र.स.नि. रामस्वार्थ प्रसाद यादव प्र.ह. बिजय पटेल प्र.ज. राज कुमार तामाङ्ग लगायतको उपस्थितीमा जिल्ला पर्सा वी.म.न.पा. वडा नं. ४ विर्ता स्थित रहेको श्री त्रिजुद्ध महविर प्रसाद रघुविर राम मा.वि. को प्राङ्गनमा निःशुल्क आँखा तथा दन्त शिविर कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा ७५ जना छात्रा र १८१ जना छात्र गरि २५६ जनाले आँखा परिक्षण गरिएको थियो सो मध्य नजिक तथा टढाको दुरीको समस्य देखिएको छात्रा/छात्र हरुलाई बीरगंज सामुदायिक आँखा तथा दाँत केन्द्र बीरगंजले निःशुल्क परिक्षण र २०% छुटमा चस्मा उपलब्ध गराई दिने गरि अस्पताल बोलाईएको डा. महेश सिंह धामीले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close