सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा नास्ता , खाजा पसलवाला सङ्ग छलफल तथा अन्तरकृया ।

बिरगंज , असोज २२ गते शुक्रबार ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा छपकैया चौक वरिपरि भएका नास्ता , खाजा पसलहरुलाई चाडपर्वको बेला हुन सक्ने अपराधीक घटनाहरुलाई न्युन गर्नको लागि छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको थियो ।

चाडपर्वको बेला भारतबाट नेपाल आई मदिरा सेवन गर्ने र यहि बसेर विभिन्न अपराधिक घटना बारे प्लान गर्ने मुख्य प्वाईन्टको रुपमा यसलाई प्रयोग गर्न सक्ने भएकोले होटेल व्यवसायीहरु चनाखो हुनु पर्ने बताए ।
होटेलमा त्यस्ता गतिविधि भएको सन्कालागे नजिकको प्रहरी चौकिमा खबर गर्न समेत आग्रह गरेको थियो ।राति अबेर सम्म मदिरा , मासु, नास्ता पसल सन्चालन नगर्न र सरकारले तोकेको समय रातिको ८ बजेसम्म सन्चालन गरि बन्द गरि सहयोग गर्न समेत अपिल गरेको थियो ।नियम बिपरित कसैले अबेर सम्म पसल खोलेको पाईएमा कानुनि कार्वाही हुने निर्णय समेत गरिएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव प्रबिण बिक्रम शाह , सदस्य अजित भुजेल , प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक रामस्वार्थ यादव , प्रहरी हवल्दार बिजय कुमार पटेल , प्रहरी जवान सुनिल ठाकुर , राजकुमार तामाङ , समाजसेबि कमल महतो , होटेल व्यवसायि साबित्रि चौलागाईं , मन्जु लामा, संगीता पहारि , पप्पु मिश्रा , नेक महम्मद , दिपक रिमाल , अताउल समानि , राजेश सिंह , राजेश पासि , भोला कुमार , महम्मद आजिर लगायतकाको सहभागीता रहेको थियो ।
कार्यक्रम सन्चालन केन्द्रका सदस्य अब्दुल कैश मिया तेलिले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close