दिपावलि र छ्ठ पर्वलाई लक्षित गर्दै आगलागी दुर्घटनाबाट बच्न डेमो प्रदर्शन ।

बिरगंज , कार्तिक ०४ गते बिहीबार ।

नजिकिदै गरेको हिन्दुहरुको महानपर्व दिपावलि र छठ पर्वमा दिप प्रज्वलित गरि धुमधामका साथ मनाउने हुदा आगलागीको जोखिम अत्यन्त हुने हुदा त्यसबाट बच्न सक्ने उपाय बारे डेमो कार्यक्रमको आयोजना गरिएको थियो ।

बिरगंज महानगर पालिका वडा न.१० स्थित पुरानो बसपार्कमा आज समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र बिपद व्यवस्थापन प्रदेश न.२ गुल्म बिरगंज पर्साको सन्युक्त आयोजनामा आगलागी हुदा अपनाउनु पर्ने सावधानी र जोखिम न्यूनीकरण बारे जनचेतनामूलक कार्यक्रमबारे प्रदर्शन गरि घरेलुु आगलागी हुदा घरेलुु सामाग्री प्रयोग गरि सजिलै दुर्घटनाबाट बच्न सकिने बारे बिपद व्यवस्थापन गुल्म बिरगंज पर्साका प्रमुख प्रहरी निरीक्षक नितेश कुमार सिंहले जानकारी गराउनु भएको थियो ।

खाना बनाउदा बनाउदै ग्यास पाईप लिकेज भएमा , सिलिन्डरमा आगो लागेमा , कराईमा तेलमा आगो लागेमा, आगलागीमा घाइतेको उद्दार कसरी गर्ने , स्टेचर नभएको ठाउमा घरेलुु सामाग्री प्रयोग गरेर कसरी बचाउन सकिन्छ , त्यसबारे जानकारि गराईएको थियो ।

सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले आगो लाग्दैमा नआतिन र धर्यताका साथ निभाउन जाने दुर्घटना हुन पाउदैन र जोखिम कम हुने बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले दिपावलि र छठ पर्वमा दिपप्रज्वलित हुने हुदा आगलागीको जोखिम अत्यन्त हुने भएकोले त्यसबाट सबै सचेत हुन आग्रह गरेका थिए ।

त्यसैगरि ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले घरेलुु आगलागीका साथ साथै सहरमा भएका ठुल ठुल्ला भवनमा आगलागी हुँदा त्यस्तो अवस्थामा मानिसको कसरी उद्दार गर्ने भन्ने बारे आउदो दिनमा डेमो गरि देखाउने आफ्नो उदेश्य रहेको बताए ।

सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारि उमेश ढकाल , सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , राष्ट्रिय अनुसन्धानका टिका पोखरेल , प्रहरी नायब उपरीक्षक प्रह्लाद गिरि , ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्की , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरि , वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतम ,ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष सन्जय शर्मा , कोषाध्यक्ष सुरेश रुङ्ग्टा , त्रिलोकचन्द दारुका , सुशिल धुरका , पवन तुल्स्यान , सुशिल खेतान, व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्कि , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , गोरखापत्र दैनिकका मध्यमान्चल संयोजक कन्हैयालाल केशरि , नारायणी सामुदायिक आखा अस्पतालका डा. महेश सिंह धामि , बिरगंज महानगर पालिका कार्यालयका सरसफाई प्रमुख सर्फुदिन मिया , सन्चारकर्मि , विभिन्न होटेलका प्रतिनिधि , बुद्धिजिबि , दमकल ,एम्बुलेन्स लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम सन्चालन मुकेश खेतानले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close