बिरगंजमा पहिलो पटक भाजुरत्नले निसुल्क शौचालय संचालनमा ल्यायो ।

बिरगंज , जेष्ठ २९ गते आइतबार ।

बिरगंजमा पहिलो पटक भाजुरत्न कम्पनीले निसुल्क शौचालय संचालनमा ल्याएको छ ।बिरगंज महानगर पालिका वडा न.१० स्थित आदर्शनगरमा रहेको होन्डा मोटरसाइकलका आधिकारिक बिक्रेता भाजुरत्न कम्पनीले आफ्नो सोरुम भित्र रहेको शौचालय सर्वसाधारण र बटुवाहरुको लागि खुल्ला गरेको छ ।

समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर -१० बिरगंजको पहलमा र भाजुरत्न कम्पनीद्वारा सन्चालित होन्डा मोटरसाइकल सोरुमका ब्रान्च मेनेजर मोहन कुमार श्रेष्ठको सहयोगमा आइतबारदेखि यात्री , बटुवा र सर्वसाधारणको सुबिधाको लागि पहिलो पटक बिरगंजमा निसुल्क शौचालय सन्चालनमा ल्याएको ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close