ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरको पहलमा आज देखि अव्यवस्थित बिधुतको पोलमा ईन्टरनेट तथा अन्य तारहरु हटाउने कामको थालिनि ।

अजित भुजेल

बिरगंज , जेष्ठ ३१ गते मंगलवार ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्साको पहलमा सोमबार बसेको बैठकले अव्यवस्थित विधुतको पोलहरुमा ईन्टरनेट तथा अन्य तारहरु जथाभावि तरीकाले लगाएको हुनाले सो तारकोको कारण पटक पटक आगो लागि र दुर्घटना भईरहेको हुदा उक्त विषयमा अन्तरक्रिया कार्यक्रम भएकोमा उक्त कार्यक्रम निर्णय अनुसार आज मिति २०८९/०२/३१ गते बाट काम नलाग्ने तारहरु हटाउने र अन्य तार व्वस्थित गरिने काम सुरु भईरहेको सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले जानकारी गराउनु भयो ।

पहिलो चरणमा आज ग्रिनसिटि सामुदायिक सेवा केन्द्रको कार्यालय हुदै ठाकुरराम क्याम्पस सम्मको छरिएर रहेको काम नलाग्ने तार लगभग ५०० केजि हटाईएको खेतानले बताए । यसपछि अन्य ठाउको पनि तार हटाउने बिरगंज विद्युत प्राबिधिकरण बितरण केन्द्र प्रमुख झाले जानकारी दिनु भयो ।यो कार्यक्रम एक सप्ताह सम्म चल्ने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close