विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरण

जुन १४का दिन विश्व भरी विभिन्न कार्यक्रमका साथ मनाउने विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्धारा रक्तदान उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति विरेन्द्र राज कँडेलको सभापतित्वमा भएको रक्तदान उत्प्रेरणा कार्यक्रममा प्रमुख अतिथी पकाहामैनपुर गाँउपालिका अध्यक्ष सुरेश मेहताले गाँउपालिकाका बासिन्दाहरुको लागी निशुल्क रगत उपलब्ध गराउन, उपशाखाको निमाधिन भवनलाई आफनो कार्यकालमै सम्पन्न गराउने, विभिन्न संस्थाद्धारा गरिने रक्तदान कार्यक्रममा हातेमालो गर्ने साथैं रेडक्रस रक्तसंचार केन्द्रको निर्माण हुने लागेको नयाँ भवनमा समेत गाउपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता कार्यक्रममा सहभागिहरु विच मन्तव्यमा प्रस्ट पार्नु भएको थियो ।

गाँउपालिकाका बासिन्दाहरुलाई लक्षित गरेका संचालन गरिएको उत्प्रेरणा कार्यक्रम रक्तसंचार केन्द्रका प्रबिधिक अधिकृत सौरभ राज पाण्डेयले संचालन गरेका थिए भने रेडक्रस पर्साका मन्त्री शैलेन्द्र कुमार चौरसिया, वडा नं १ का विनोद मेहता, वडा ३ का संजय चौहान, वडा ४ ढेरी यादव, कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपशाखाका का.बा.सभापति त्रिलोकी दुवेदी लगाउतले मन्तव्य एवं दिवसको शुभकामना दिनु भएको थियो ।

रेडक्रस पर्साका सभापति विरेन्द्र राज कँडेले अन्तमा रेडक्रस मानवीय संस्था रहेको साथै जनताहरुलाई पिडालाई कम गर्नका लागी घरको दैलो सम्म समेत पुगेको र आउने दिनमा अझ प्रभावकारी ढगले सेवा पुर्याउने भएकोले सबै एकजुट भई सेवाकार्यमा हातेमालो गर्न सबैमा आग्रह गरेका हुन, सो कार्यक्रममा उपशाखाका सदस्य, स्थानिय बासिन्दा, रक्तदाता गरि ६५ जनाको सहभागिता रहेको कुरा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले जानकारी गराए ।

त्यसै गरि सोही दिवसको अवसरमा विश्रामपुर उपशाखाबाट समेत रक्तदान उत्प्ररणा कार्यक्रम उपशाखाका सभापति हासिम अंसारीको सभापतित्वमा भएको थियो भने प्रमुख अतिथी रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, विशिष्ठ अतिथी विरेन्द्र यादव, स्थानिय बासिन्दा, उपशाखाका सदस्य, रक्तदाता लगायत १२५ जनाको सहभागिता रहेको रक्तदान उत्प्रेरणा कार्यक्रममा रक्तदानको बारेमा प्रविधिक अधिकृत शौरभ राज पाण्डेयले प्रस्ट पार्नु भएको थियो भने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले कार्यक्रम संचालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close